एनपीएल : सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनी ४५ रनले पराजित « Khabarhub

एनपीएल : सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनी ४५ रनले पराजित


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिमले फराकिलो जित निकालेको हो ।

सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी  निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रनमा समेटियो ।

लुम्बिनीका लागि विवेक यादवले नट आउट सर्वाधिक ७७ रनको योगदान दिए । सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि सेफ अलि जेब र ब्रेन्डन मक्मेलनले तीन–तीन तथा स्कट कुगेलेनले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर सेफ अलि जेबले सर्वाधिक ९० रनको योगदान दिए । यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले नट आउट ३९, ब्रेन्डन मक्मेलनले २३ तथा विनोद भन्डारीले १७ रन जोडे ।

लुम्बिनीका लागि रेमन सिमोण्डले दुई तथा रोहित पौडेल र विवेक यादवले एक–एक विकेट लिए ।

जारी एनपीएलमा सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो । यसअघि सुदूरपश्चिमले विराटनगर किंग्स र काठमाडौं गुर्खाजलाई हराएको थियो । लुम्बिनीले भने लगातार तेस्रो पटक हारेको छ । यसअघिका खेलमा लुम्बिनी विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

 

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  १२ : २६ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा