धानबालीमा फौजी किराको आक्रमणले किसान चिन्तित « Khabarhub

धानबालीमा फौजी किराको आक्रमणले किसान चिन्तित


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक– धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित बनेका छन् । गौरादह नगरपालिकाका किसानले लगाएको धानबालीमा फैजी किराको प्रकोप देखिएपछि त्यहाँका किसान चिन्तित बनेका हुन् ।

गौराहद–६ का कृषक यादवकुमार बस्नेतले फौजी किराले आफ्नो डेढ बिघा क्षेत्रफलमा लगाएको धानबाली पाँच दिनमै सखाप पारेको बताए । ‘पहिलोपटक यस्तो किराको प्रकोप देखापरेको छ,’उनले भने, ‘दिनमा भन्दा रातिमा धेरै यो किराले बाली नष्ट गर्दाेरहेछ ।’

स्थानीय खड्गबहादुर कार्कीले आफूले धानखेती गरेको ६० वर्ष बिते पनि यस्तो प्रकोप पहिलोपटक देखेको सुनाए । ‘यो किराले २/३ दिनभित्रै धान काटेर सखाप पार्दाेरहेछ,’ कार्कीले भने, ‘धानको टुप्पो काटेर ठुट्टो बनाएको छ अब के गर्ने ?’

गौरादह–६ को वीरबलचोकमा फौजी किराको प्रकोप धेरै रहेको स्थानीयवासी शारदा प्रसाईँ पराजुलीले बताइन् । किसानले लगाएको धान फौजी किराका कारण नष्ट भएपछि कुन औषधि प्रयोग गर्ने भन्ने विषयमा समेत आफूहरुलाई थाहा नभएको उनको भनाइ छ । ‘दिनभरि धानको गाँजमा लुक्ने र रात परेपछि यो किराले धानका टुप्पा काटेर भुइँमा झार्दाेरहेछ,’ अर्का किसान चन्द्रप्रसाद पराजुलीले भने, ‘मेरो पाँच बिघा क्षेत्रफलमा लगाएको धानबाली सखाप बनायो ।’

नगरपालिकाका किसानले दुई बाली धानखेती गर्दै आएका छन् । प्रतिबिघा ९० मनसम्म उत्पादन हुने धानमा फौजी किराको प्रकोप देखिएपछि अब यसको समाधान कसरी गर्ने भन्ने विषयमा नगरपालिकाले छलफललाई तीव्रता दिँदै समाधानको बाटो खोज्न शुरु गरेको वडाध्यक्ष खड्गप्रसाद पराजुलीले बताए ।

‘फौजी किराको प्रकोपका कारण १०० भन्दा बढी किसान मारमा परेका छन्,’ वडाध्यक्ष पराजुलीले भने, ‘यसको बेलैमा समाधान नखोजे यहाँ भयावह स्थिति आउन सक्छ ।’

फौजी किराले धानबाली नष्ट गरेपछि वर्षभरि खाने अन्न कसरी जोहो गर्ने भन्दै स्थानीयवासी किसान हेमसागर ओझाले चिन्ता व्यक्त गरे । धानबालीमा फौजी किराको प्रकोपका कारण समस्या सिर्जना भएसँगै स्थानीय भेटेरेनरी सञ्चालक बालकृष्ण दाहालले औषधि प्रयोग गर्न किसानलाई सिकाएको बताए ।

सो नगरपालिका क्षेत्रमा फोजी किराको समस्या देखिएपछि सोमबार कृषि ज्ञान केन्द्रको टोलीले समेत स्थलगत अवलोकन गरेको छ । विराटनगरस्थित बाली संरक्षण प्रयोगशालाका निमित्त प्रमुख मुकेशकुमार यादव, कृषि विकास निर्देशनालयकी अधिकृत सरस्वती श्रेष्ठलगायतको टोलीले समेत गौरादह पुगेर फौजी किराको प्रकोपको विषयमा अवलोकन गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ११ : ०४ बजे

मतदानपछि नीतिले लेखिन्– सबैभन्दा प्यारो मेरो देश नेपाल

काठमाडौं – मोडल तथा नायिका नीति शाहले मतदान गरेकी छन्

दीपाश्रीले मोरङबाट गरिन मतदान, रचानाले पहिलो पटक खसालिन् मत

काठमाडौं – कलाकार तथा निर्देशक दीपाश्री निरौला र गायिका रचना

एमाले अध्यक्ष ओलीले बालकोटबाट गरे मतदान (तस्बिरहरू)

 काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्

मतदानपछि रेखाले भनिन् – मिलेर, मिलाएर देश बनाउन शुभकामना

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृसमेत रहेकी नायिका रेखा

बैतडी र बाजुरामा मतदान जारी

बैतडी– बैतडी र बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचन बिहान ७ः०० बजेदेखि