चाडपर्व नजिकिएसँगै मासुको मूल्य बढ्यो | Khabarhub Khabarhub

चाडपर्व नजिकिएसँगै मासुको मूल्य बढ्यो


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्य बढेको छ । बजारमा केही महिनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन् । भारतबाट खसीको सहजै आयात रोकिएपछि खसीको मासुको मूल्य आकाशिएको व्यवसायीहरुको भनाइ छ ।

४/५ महिनाअघिसम्म खसीको मासु प्रतिकिलो ७०० रहेकामा आयात रोकिनेबित्तिकै मासु बढ्दै गएको हो । अहिले बजारमा खसीको मासुको मूल्य प्रतिकेजी ८०० रुपैयाँ नाघेको छ ।

‘एकातिर भारतबाट आउने खसीको आयतमा प्रतिबन्ध छ भने अर्कोतिर चाडबाड नजिकिँदै गएपछि बजारमा खसीको मासुको माग बढ्न थालेको छ,’ नेपालगञ्ज रामबागको मासु बधशालामा मासु व्यवसाय गर्दै आएका मासु व्यवसायी सगदिक कुरेसीले भने, ‘पर्व नजिकिएकाले मासुको मूल्य अझै बढ्न सक्ने सम्भावना रहेको छ ।’

व्यवसायीहरुका अनुसार भारतबाट सहजै आयात हुँदा प्रशस्त मात्रामा सस्तो मूल्यमा खसी पाइने भएकाले मासुको मूल्य कम थियो  । अहिले भारतबाट आयतमा रोक लाग्नु र मासुको माग धान्ने आन्तरिक उपलब्धता नहुँदा मासुको मूल्यवृद्धि हुँदै गएको व्यवसायीहरु बताउँछन् । ु

पछिल्ला दिनमा प्रहरीले पटक–पटक भन्सार छलेर ल्याइएका खसी नियन्त्रणमा लिएर नेपालगञ्ज भन्सार कार्यालयमा बुझाउने गरेको छ । खसी भन्सार छलेर आउँदा राजश्व पनि नोक्सान भइरहेको छ । अहिले नेपालगञ्जमा दुब्लो–पातलो खसीको जिउँदो मूल्य प्रतिकेजी रु ५८०, मध्यमखालको रु ६०० र राम्रो स्वस्थ खसीको जिउँदो मूल्य रु ६५० सम्म छ । दशैँको समयमा नेपालगञ्जमा मात्र १० हजारसम्म खसीको माग हुने बताइन्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ११ : १८ बजे

बालुवाटारबाट फर्किए उपेन्द्र, बालकुमारीमा नयाँ रणनीति बनाउँदै

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार