स्थानीय स्रोतको उपयोगमा नेता शर्माको जोड « Khabarhub

स्थानीय स्रोतको उपयोगमा नेता शर्माको जोड


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गलकोट – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले स्थानीय स्रोत र साधनको अधिक उपयोग गरी देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन सकिने बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग –व्यापार सङ्गठनको दोस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले फलाम, तामालागयत बहुमूल्य खनिज उत्खननमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए ।

 सूचना प्रविधिको क्षेत्रमा मुलुकले प्रगति गरेको र अझै धेरै गर्ने स्थान रहेकाले त्यसतर्फ पनि विशेष ध्यान दिन आवश्यक भएको उनले बताए।

पूर्वअर्थमन्त्री शर्माले यस भेगका प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ र कालिका भगवतीमा धार्मिक पर्यटकको आगमन बढाउन कालीगण्डकीमा पाइने शालिग्रामको महत्वबारे प्रचुर मात्रामा प्रचारप्रसारका साथै  कालीगण्डकीको तटीय क्षेत्रको विकास अपरिहार्य भएको विचार व्यक्त गरे ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ५ : ०८ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि