बोलेर होइन काम गरेर देखाउनुपर्छः उपप्रधानमन्त्री सिंह « Khabarhub

बोलेर होइन काम गरेर देखाउनुपर्छः उपप्रधानमन्त्री सिंह


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अब बोल्नेभन्दा पनि उपलब्धि देखाउनुपर्ने बताएका छन् ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ को मिर्मी बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको आज उद्घाटन गर्दै उनले जनताले बोलीभन्दा पनि परिणामको अपेक्षा गरिरहेकाले सोहीअनुसार सबै अगाडि बढ्नुपर्नेमा जोड दिए।

“जनताको चाहना नै बोलीभन्दा पनि देखिने काम हुनुपर्‍यो भन्ने हो । काम हुनुपर्‍यो, चाँडै हुनुपर्‍यो, देखिनेगरी हुनुपर्‍यो भन्ने छ । अहिलेको सरकारले यो कुरा बुझेरै अगाडि बढिरहेको छ । यसमा सबैको सहयोग आवश्यक छ”, उपप्रधानमन्त्री सिंहले भने।

पवित्र उद्देश्य राखेर आयोजना गरिएको महायज्ञको सफलताको कामना गर्दै उनले यस क्षेत्रको शैक्षिक धरोहरका रूपमा स्थापित हुँदै गरेको क्याम्पसको स्तरोन्नतिका लागि नेपाल सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

“यहाँहरूले पवित्र उद्देश्यसहित थाल्नुभएको यस कार्यको सफलताको कामना गर्छु । आगामी दिनमा अधुरा रहेका कार्य पूरा गर्न सहयोगका लागि म तयार छु”, उपप्रधानमन्त्री सिंहले भने ।

क्याम्पसको स्तरोन्नति गर्ने उद्देश्यसहित आयोजना गरिएको महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले कथावाचन गर्नेछन् । विसं २०६२ मा स्थापना भएको उक्त क्याम्पस १७ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ९ : ३२ बजे

तेहरान र बेरुतमा भीषण बमबारी, इरानी सरकारी सञ्चारमाध्यम ध्वस्त

तेहरान – इजरायली सेनाले इरानको राजधानी तेहरान र लेबनानको बेरुतमा

अमेरिकाले भन्यो- इरानमाथि कडा प्रहार हुन बाँकी छ

तेहरान- इरान र अमेरिकाबीचको तनाव चरम बिन्दुमा पुगेको छ। इरानले

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मौन अवधिमा केके गर्न पाइँदैन ?

काठमाडौं – बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु

आयल निगमले भन्यो- इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नु

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले