राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै | Khabarhub Khabarhub

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । आज राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची छ ।

यस्तै, दिउँसो २ बजे सिंहदरबारमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो साढे २ बजे समितिको बैठक कक्षा सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : ३७ बजे

ताकम स्वास्थ्य शिविरमा करिब दुई सय जना लाभान्वित

म्याग्दी– नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे ब्यारेकको आयोजनामा शुक्रबार

एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज (शनिबार) देशका ७७ वटै जिल्लामा जनप्रदर्शन

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर