एउटै ओभरमा लुम्बिनीले लियो तीन विकेट : १३ औँ ओभरमा जनकपुरको पाँच विकेट गयो | Khabarhub Khabarhub

एउटै ओभरमा लुम्बिनीले लियो तीन विकेट : १३ औँ ओभरमा जनकपुरको पाँच विकेट गयो


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार बिहानको खेलमा लुम्बिनीका अभिषेक गौतमले बलिङ गरेको १३ औं ओभरमा जनकपुरले तीन विकेट गुमाएको छ। १२ औं ओभरको समाप्तिमा ९७ रन बनाएर दुई विकेट गुमाएको जनकपुरले १३ ओभरमा थप तीन विकेट गुमाएको हो।

१३ औं ओभरको दोस्रो बलमा जनकपुरले लाहिरु मिलन्थालाई गुमाएको हो । २३ बलमा २४ रन बनाएका उनी रनआउट भएका हुन् ।

सोही ओभरको चौथो बलमा अभिषेक गौतमले हर्ष ठाकरलाई आउट गरे भने अन्तिम बलमा जेमी निशमको विकेट लिए । हर्षले तीन बलमा एक रन बनाएका थिए भने निशमले २ बलको सामना गरेर एक रन जोडेका थिए ।

जनकपुरका कप्तान अनिल शाह अर्धशक बनाउन चुकेका छन् ।
लुम्बनीविरुद्ध ३९ बल चार छक्का र एक चौकाको मद्दतमा ४५ रन बनाएका शाहलाई सन्दीप जोराले क्याचआउट गराएका हुन् । १२ औं ओभरमा बलिङ गर्न आएका सन्दीपले तेस्रो बलमा अनिललाई आउट गरेका हुन् ।

यसअघि जनकपुरका अर्का ओपनर आशिफ शेख १० बलमा १६ रन बनाएर आउट भएका थिए ।

लुम्बिनीका लागि साद बिन जफर र सन्दीप जोराले एकएक विकेट लिँदा अभिषेक गौतमले दुई विकेट लिएका छन्।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १० : १० बजे

तामाखानी उत्खननका लागि खोजतालस सुरु

बागलुङ– बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा तामाखानी उत्खननका लागि खोजतलास सुरु

बेलायतमा नेपाली भजन महोत्सव

बेलायत– बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली समाज

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

३५ वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

काभ्रे– काभ्रेको पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं– काठमाडौं महानगरपालिका– २४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक