एउटै ओभरमा लुम्बिनीका लागि कप्तान रोहितले लिए दुई विकेट « Khabarhub

एउटै ओभरमा लुम्बिनीका लागि कप्तान रोहितले लिए दुई विकेट


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार बिहानको खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले एउटै ओभरमा जनकपुरको दुई विकेट लिएका छन्।

१६ औं ओभरमा कप्तान रोहितले एक रन दिएर दुई विकेट लिएका हुन्। श्री मल्ल शून्यमा आउट हुँदा मोहम्मद मोहसिन पाँच बल खेलेर तीन रन बनाउँदा आउट भएका हुन्।

यसअघि अभिषेक गौतमले बलिङ गरेको १३ औं ओभरमा जनकपुरले तीन विकेट गुमाएको थियो। १३ औं ओभरको दोस्रो बलमा जनकपुरले लाहिरु मिलन्थालाई गुमाएको हो। २३ बलमा २४ रन बनाएका उनी रनआउट भएका हुन्। सोही ओभरको चौथो बलमा अभिषेक गौतमले हर्ष ठाकरलाई आउट गरे भने अन्तिम बलमा जेमी निशमको विकेट लिए। हर्षले तीन बलमा एक रन बनाएका थिए भने निशमले २ बलको सामना गरेर एक रन जोडेका थिए।

जनकपुरका कप्तान अनिल शाह अर्धशक बनाउन चुकेका छन्।
लुम्बनीविरुद्ध ३९ बल चार छक्का र एक चौकाको मद्दतमा ४५ रन बनाएका शाहलाई सन्दीप जोराले क्याचआउट गराएका हुन्। १२ औं ओभरमा बलिङ गर्न आएका सन्दीपले तेस्रो बलमा अनिललाई आउट गरेका हुन्।

यसअघि जनकपुरका अर्का ओपनर आशिफ शेख १० बलमा १६ रन बनाएर आउट भएका थिए।

लुम्बिनीका लागि साद बिन जफर र सन्दीप जोराले एकएक विकेट लिँदा अभिषेक गौतम र रोहित पौडेलले दुई विकेट लिएका छन्।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १० : २२ बजे

वर्षमानको प्रश्न- नेपाल ‘प्याक्स सिलिका’ को साझेदार हो ?

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग

भारतको ८० करोड अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना बन्ने

काठमाडौं- भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषि

पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड

एजेन्सी– सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ

सुगौली सन्धिको सक्कल प्रतिबारे भारतको जवाफ, ‘द्विपक्षीय संयन्त्रमार्फत कुरा गर्न सकिन्छ’

नयाँदिल्ली- सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रति नभेटिएको चर्चा