एकै स्वरमा गुञ्जिए कर्मा ब्यान्ड र कुटुम्ब (तस्बिरहरू) « Khabarhub

एकै स्वरमा गुञ्जिए कर्मा ब्यान्ड र कुटुम्ब (तस्बिरहरू)



काठमाडौं- कर्मा ब्यान्ड र साङ्गीतिक समूह कुटुम्ब यही शनिबार राति बृहत् कन्सर्टमामार्फत् ‘एकै स्वरमा कीर्तिपुरमा’ गुञ्जिएका छन् ।

कीर्तिपुर नगरपालिकाको प्रवर्द्धन, आदि ग्रुप प्रालिको व्यवस्थापन तथा प्रवर्द्धन एकाई (एएसक्यु)को आयोजनामा कीर्तिपुरस्थित ल्याबोरेटरी माध्यमिक विद्यालयको प्राङ्गणमा बृहत् कन्सर्ट गरिएको हो ।

कन्सर्टमा कर्मा ब्यान्डका चर्चित गीतहरू ‘हुक्का मेरो डल्ले डल्ले…’, ‘मौनता…’, ‘को हौ तिमी…’ लगायत दर्जन भाका गुञ्जिएका छन्।

कर्माका गायक सुरेन्द्रमान सिंहको गहिरो स्वर, फिरोज बज्राचार्य र रिग्जिन लामाको गिटार, अनिल शाक्यको ड्रम्स, ईश्वर घलेको बास, बिप्पु श्रेष्ठको परक्युसनले कन्सर्ट पूरा संगीतमय भएको थियो ।

कुटुम्ब समूहले नेपाली मौलिक धुन र लोकप्रिय रचनालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउँदै आएको छ ।

समूहका अरुण मानन्धर, पभित महर्जन, राजु महर्जन, किरण नेपाली र सिद्धार्थ महर्जनले मादल, बाँसुरी र सारङ्गीको धुन पस्किए ।

कर्माको लोक र रकको सशक्त फ्युजन एवम् कुटुम्बको परम्परागत धुनको आधुनिक प्रस्तुत गरिएको थियो ।

कीर्तिपुरको स्थानीय संस्कृति र परम्परालाई उजागर गर्दै पारम्परिक नृत्य, लाखे, धिमे, झाँकी जस्ता कार्यक्रम पनि प्रस्तुत गरिएको प्रवर्द्धक कीर्तिपुर नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  २ : ४० बजे

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका

पदको रवाफ देखाउने सांसदलाई कारबाही हुनुपर्छ : महावीर पुन

काठमाडौँ– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले सांसदहरू जनताको सेवक भएको

स्वास्थ्य मन्त्रालयमा ११औँ तहका उच्च अधिकारीको हेरफेर, प्रवक्तामा यसोदा अर्याल नियुक्त

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरुको

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्ध