हेगमा बम विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो « Khabarhub

हेगमा बम विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

द हेग- डच अधिकारीहरूले शनिबार बिहान शक्तिशाली विस्फोटपछि आंशिक रूपमा भत्किएको एक अपार्टमेन्ट भवनको भग्नावशेषबाट पाँच जनाको शव फेला परेको पुष्टि गरेका छन्।

थप मृतकहरूको खोजी कार्य जारी छ र नेदरल्याण्डका आपतकालीन सेवाहरूले मृत्यु हुनेहरूको सङ्ख्या २० को हाराहारीमा पुग्न सक्ने बताएका छन् ।

‘अहिलेसम्म कम्तीमा पाँच जनाको मृत शरिर भग्नावशेषबाट निकालिएको छ,’ द हेगका नगर प्रमुख जान भान जेनेनले भने ।

उनले थपे, ‘विस्फोटपछि उद्धारकर्मीले भग्नावशेषमा जीवित मानिस भेटिन सक्ने विश्वाससहित खोजी कार्यलाई तीब्र पारेको छ । दुर्घटना भएको करिब २४ घण्टा हुनै लाग्दा उनीहरू जीवितै पाइने सम्भावना भने कम भएको छ तर पनि हामीले उद्धारको प्रयासलाई जारी राखेका छौँ ।’

उद्धार गरिएका दुई जनाको अवस्था गम्भीर रहेको नगरप्रमुखले जानकारी दिए ।

नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक स्कूफले क्षतिग्रस्त अपार्टमेन्ट भवनको तस्बिर देख्दा आफू स्तब्ध भएको बताए । राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले पनि घटनाप्रति दुःख व्यक्त गर्दै र मृतक तथा पीडितका आपन्तजनप्रति सहानुभूति व्यक्त गर्दै भने, ‘व्यक्तिगत रूपमा प्रभावित भएका वा आफ्ना प्रियजनहरू गुमाएकासबैप्रति हामी सहानुभूति व्यक्त गर्दछौँ ।’

यो घटना हेगको उत्तरपूर्वी मारियाहोभ जिल्लाको तारवेक्याम्प स्ट्रिटमा भएको हो । विस्फोटबाट क्षति भएको तीन तले भवनको भुइँतलामा पसल र माथि दुई आवासीय तल्ला थिए ।

विष्फोटको कारण बारे अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार विष्फोट भएको केही समयपछि एउटा कार तीव्र गतिमा घटनास्थलबाट भागेको देखिएको थियो । अधिकारीहरूले प्रत्यक्षदर्शीहरूलाई अगाडि आउन आग्रह गरिरहेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ३ : ४५ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम