बाजुरामा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, ३ जना घाइते | Khabarhub Khabarhub

बाजुरामा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, ३ जना घाइते


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

बाजुरा– सदरमुकाम मार्तडीमा आज दिउँसो स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थल र एक जनाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा मार्तडी कोल्टी सडक खण्डमा पर्ने अपी होटल नजिकै सु प प्र ०१ ००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा कञ्चनपुरकाभीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया गायत्री पन्त छिन् । यस्तै, दुर्घटनामा घाइते भएर उपचारका क्रममा भीमदत्त नगरपालिका–१८ की  राधिका भट्टको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते हुनेमा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बाजुराका कार्यालय सहयोग गौमुल गाउँपालिका–४ बस्ने २५ वर्षीय रमेश धामी, कञ्चनपुर जिल्ला कृष्णपुर–५ गुलरियाका मोहनदेव भट्ट र भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिएका छन्।

मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिनेछ  । घाइतेहरूको हाल जिल्ला अस्पताल बाजुराका उपचार भइरहेको छ  ।

जिप दुर्घटना हुँदा सात जना घाइते 

जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा आज जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सोही गाउँपालिका–६ स्थित धिम गाउँमा जिप दुर्घटना भएको हो । धिममा एभरेष्ट इन्टरनेटको नेट जडानका लागि १३ जना सवार रहेको गाडी अनियन्त्रित भई दुर्घटना भई सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइते सात जनाको उद्धार गरी कोल्टी अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ । घटनामा परेका घाइतेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । गाडी अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ४ : १७ बजे

राजनीति छाडे भनेर चन्दन लाउन खोजेको होइन, तर कार्यकारी भूमिकामा रहँदैनौँ : राम कार्की 

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले आफूहरूले राजनीति छोडेको

शिक्षणसँगै व्यावसायिक केराखेती, वार्षिक १० लाख मुनाफा

 महेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका

कांग्रेस बैठकमा गगनको प्रस्ताव : पुस १६ देखि १९ सम्म महाधिवेशन गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी पुस १६ गतेदेखि

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय  

काठमाडौं– सरकारले स्विट्जरल्याण्डको जेनेभामा हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा

राप्रपा नेपालले राख्यो राजेन्द्र लिङ्देनसँग एकताको औपचारिक प्रस्ताव

काठमाडौं- समान विचार भएका राजनीति दल र शक्तिसँग सहकार्य र