रास्वालाई प्रधानमन्त्रीको कटाक्ष : सहकारी ठगीजस्तो होइन, देश चलाउने कुरा « Khabarhub

रास्वालाई प्रधानमन्त्रीको कटाक्ष : सहकारी ठगीजस्तो होइन, देश चलाउने कुरा


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना भएको बताएका छन् ।

आइतबार एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले व्यापारिक कम्प्लेक्स सञ्चालनमा आएपछि रोजगारी बढ्ने बताए ।

विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे।

उनले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरूलाई तथ्यहीन आरोप लगाए जस्तो नहुने उल्लेख गरे ।

‘देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै उनले भने, ‘हामीले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न दिँदैनौँ ।’

ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमूना भएको दाबी गरेका छन् ।ओलीले यो टावर सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

चीन भ्रमणबाट देशका लागि उपलब्धि भएको बताउँदै उनले केही समयपछि भारत जाने पनि बताए ।

१८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ५ : ३६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब