दमास्कसस्थित इरानी दूतावासमा आक्रमण « Khabarhub

दमास्कसस्थित इरानी दूतावासमा आक्रमण


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

तेहरान- दमास्कसस्थित इरानी दूतावासमा आक्रमण भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

इस्लामिक नेतृत्वको विद्रोहीले तेहरानको सहयोगी बसर अल असदको पतन भएको घोषणा गरेपछि सिरियास्थित इरानको दूतावासमा आइतबार आक्रमण भएको इरानी सरकारी टेलिभिजनले जनाएको छ।

‘अज्ञात व्यक्तिले इरानी दूतावासमा आक्रमण गरेका छन्, जुन तपाईँले विभिन्न सञ्जालले साझा गरेका यी तस्बिरमा देख्न सक्नुहुन्छ,’ इरानी सरकारी टेलिभिजन कूटनीतिक परिसरभित्रबाट आएको भनिएको फुटेज देखाउँदै भनेको छ।

कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दाबी गरेको छ । उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा गरेका छन् ।

सिरियाको राजधानी दमास्कसमा विद्रोही समूहले राष्ट्रपति असदको बहिर्गमनको घोषणा गर्दै ‘हामी दमास्कस शहरलाई स्वतन्त्र घोषणा गरेका छौँ’ भन्दै सडकमा विजय उत्सव मनाएका देखिन्थे।

बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) का प्रमुख रामी अब्देल रहमानले एएफपीसँग भने, ‘राष्ट्रपति असदले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिरिया छोडिसक्नुभएको छ ।’

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : ०४ बजे

झापा–२ निर्वाचन मतगणना अपडेट : रास्वपाकी इन्दिरा अगाडि

काठमाडौं– झापा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना

चितवन–३ निर्वाचन मतगणना अपडेट : सोविता अग्र स्थानमा 

काठमाडौँ- चितवन–३ निर्वाचन क्षेत्रको प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मतगणना जारी

रुकुमपूर्व -१ मा प्रचण्ड तेब्बर भन्दा धेरै मतले अगाडि

काठमाडौं- रुकुमपूर्व १ मा नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डले अग्रता

तनहुँ–१ निर्वाचन मतगणना अपडेट

तनहुँ– तनहुँ–१ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। हालसम्म

काठमाडौँका १५ क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमाको प्रारम्भिक नतिजा