प्यालेस्टाइनको पक्षमा प्रचण्ड, इजरायली आक्रमणको विरोधमा गरे हस्ताक्षर « Khabarhub

प्यालेस्टाइनको पक्षमा प्रचण्ड, इजरायली आक्रमणको विरोधमा गरे हस्ताक्षर


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक वर्षदेखि प्यालिस्टाइमाथि आक्रमण गरेर त्यहाँका जनताको इजरायलले गरेको नरसंहारविरूद्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् ।

अन्तर्राष्ट्रिय अदालतबाट पनि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको अवस्थामा प्यालेस्टाइनको पक्षमा हस्ताक्षर गर्ने प्रचण्ड नेपालका पहिलो शीर्ष नेता भएका छन् ।

इजरायलले प्यालेस्टाइनमा गरेको जनसंहारविरुद्ध सोमबारदेखि देशब्यापी हस्ताक्षर अभियान थालिएको छ । उक्त अभियानको प्रचण्डले आफ्नो हस्ताक्षर दिएर रत्नपार्कस्थित उद्घाटन गरेका हुन् ।

यसअघि नेपालले इजरायलले प्यालेस्टाइनमा गरेको आक्रमण र नरसंहारविरुद्ध आफ्नो स्पष्ट धारणा राख्न सकेको छैन । हजारौँ नेपाली नागरिक प्यालेस्टाइनमा श्रमिकका रुपमा कार्यरत छन् ।

२०२३ अक्टोबर ७ मा प्यालेस्टाइनको विद्रोही समूह हमासले लगेका नेपाली युवक विपिन जोशीलाई लगेका थिए । तर अहिलेसम्म उनको अवस्था अज्ञात छ । साताअघि मात्रै नेपालस्थित इजरायली राजदूतले विपिन अझै जीवित रहेको खबर सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १ : ५३ बजे

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका