गढीमाई मेलाको रौनक, ओइरिए हजारौँ तीर्थालु (तस्बिरहरू) « Khabarhub

गढीमाई मेलाको रौनक, ओइरिए हजारौँ तीर्थालु (तस्बिरहरू)


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

सिमरा- बारा जिल्लास्थित महागढीमाई नगरपालिकाको बरियारपुर गाउँमा हरेक पाँच वर्षमा लाग्ने प्रसिद्ध गढीमाई मेलामा सोमबार पशुबलि दिइएको छ ।

आइतबारदेखि मेलामा बोका र राँगासहितको पशुबलि दिन थालिएको हो । अहिले आफ्नो भाकलअनुसारको बलि र गढीमाई दर्शनका लागि दर्शनार्थीको ओइरो लागेको छ।

गढीमाई क्षेत्रलाई रंगीचंगी सजावटले चिटिक्क पारिएको छ । विभिन्न प्रदर्शनी, खेल, तमासाका मनोरञ्जनात्मक दृश्य र व्यापारले मेलाको रौनक बढाएका छन् ।

यस क्षेत्रका सर्वसाधारणले गढीमाईको मेलालाई उत्सवका रूपमा मनाउने गरेका छन् । अहिले गढीमाई मन्दिर परिसर भक्तजनले भरिभराउ भएको छ।

शक्तिपीठ गढीमाईप्रति आस्था राख्ने देश-विदेशका दर्शनार्थी मेला भर्न आउने गरेका छन् । त्यहीकारण गढीमाईको ख्याति फराकिलो बन्दै गएको छ।

यसक्रममा मेला मूल व्यवस्थापन समितिको आग्रहमा जिल्लाका अधिकांश विद्यालयको पठनपाठन शुक्रबारदेखि पाँच दिनका लागि बन्द गरिएको छ ।

यसैगरि मधेस प्रदेश सरकारले बलिका दिन प्रदेशभरि बिदा दिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

 

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ३ : ०४ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको