भ्रष्टाचारमा दोषी ठहरिएपछि सुगरत्न भन्छन्, ‘अदृश्य मतियारको राय ठिक भन्ने निष्कर्षमा अख्तियार पुग्यो’ « Khabarhub

भ्रष्टाचारमा दोषी ठहरिएपछि सुगरत्न भन्छन्, ‘अदृश्य मतियारको राय ठिक भन्ने निष्कर्षमा अख्तियार पुग्यो’


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रवन्धक सुगरत्न कंसाकारले अख्तियार एक अदृष्य मतियारको रायलाई ठिक भन्ने निष्कर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको बताएका छन् ।

नेपाल वायुसेवा निगमको जहाज खरिद प्रकरणमा विशेष अदालतले दोषी प्रमाणित गरेपछि कंसाकारले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यसो भनेका हुन् ।

सयौँ साइन्टिष्ट र हजारौँ इन्जिनियर काम गर्ने एयरबस कम्पनी र मुलुकको समग्र उड्डयन क्षेत्रको नियमन गर्ने निकाय नागरिक उड्डयन प्राधिकरणको राय बेठिक तर अदृश्य शक्तिको मतियारको राय ठिक भन्ने निष्कर्षमा अख्तियार पुगेको उनले बताएका हुन् ।

उनले सामान्य कुरालाई बङ्ग्याएर अदृश्य शक्तिले विभिन्न बहाना र एक लेम्यानले बुझ्दै नबुझ्ने प्राविधिक जार्गन प्रयोग गरी अलमलमा पारेर केही मिडियामार्फत् हल्लाखल्ला गरिएको दाबी गरेका छन् ।

उनले त्यस जालमा अख्तियार नराम्रोसँग फसेको दाबी उनको छ । प्राविधिक रुपमा प्रमाणित गर्न सकिने तथ्यलाई पनि अख्तायरले बेवास्ता गरेको उनको भनाइ छ ।

‘महत्वपूर्ण प्रश्न त विशेष अदालतका तीनजना न्यायाधीशको इजलाशमा यो विषयमा २२ जना वकिलले २२ दिनसम्म सम्झाउँदा बुझाउँदा पनि केही नलागेको कारण के होला रु’, उनले भनेका छन्, ‘एक महत्वपूर्ण विकासको काममा यसरी भाँजो हाल्दा समग्र कर्मचारीतन्त्र त्रसित भएर विकासको गतिमा नराम्रोसँग असर पर्न सक्छ भनेर किन चिन्ता नगरेको होला ?’

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ३ : २४ बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक