रविको विषयमा मानवअधिकार आयोगले लियो जानकारी « Khabarhub

रविको विषयमा मानवअधिकार आयोगले लियो जानकारी


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको विषयमा नेपाल प्रहरीका उच्च अधिकारीहरूसँग जानकारी लिएको छ ।

सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लैजाने क्रममा मानव अधिकार हनन् भएको दाबीसहित परेको उजुरीका आधारमा आयोगले प्रहरीका उच्च अधिकारीहरूसँग जानकारी लिएको हो ।

प्रहरी महानिरीक्षकको आदेशले अमानवीय व्यवहार गरी मानव अधिकार हनन् गरिएकोले छानविन गरी मानव अधिकार संरक्षण गरीपाउँ भन्ने समेत व्यहोराको आयोगमा परेको उजुरीका सम्बन्धमा आयोगबाट अनुसन्धान प्रारम्भ गरिएको आयोगका सहसचिवुमेत रहेका प्रवक्ता डा। टीकाराम पोखरेलले जानकारी दिए ।

उनले घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसहितका प्रहरी उच्चअधिकारीहरुसँग सोमबार आयोगले थप जानकारी लिएको बताए ।

जानकारी लिने क्रममा आयोगका सदस्य मनोज दुवाडीले कानूनी शासनको प्रत्याभूतिसहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा आयोगको चासो रहेको बताएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले मानव अधिकार हनन् सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षक बसन्त कुँवरसँग समेत थप बुझुनुपर्ने भन्दै अनुसन्धानलाई निरन्तर जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ४ : ५४ बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक