रविको विषयमा मानवअधिकार आयोगले लियो जानकारी « Khabarhub

रविको विषयमा मानवअधिकार आयोगले लियो जानकारी


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको विषयमा नेपाल प्रहरीका उच्च अधिकारीहरूसँग जानकारी लिएको छ ।

सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लैजाने क्रममा मानव अधिकार हनन् भएको दाबीसहित परेको उजुरीका आधारमा आयोगले प्रहरीका उच्च अधिकारीहरूसँग जानकारी लिएको हो ।

प्रहरी महानिरीक्षकको आदेशले अमानवीय व्यवहार गरी मानव अधिकार हनन् गरिएकोले छानविन गरी मानव अधिकार संरक्षण गरीपाउँ भन्ने समेत व्यहोराको आयोगमा परेको उजुरीका सम्बन्धमा आयोगबाट अनुसन्धान प्रारम्भ गरिएको आयोगका सहसचिवुमेत रहेका प्रवक्ता डा। टीकाराम पोखरेलले जानकारी दिए ।

उनले घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसहितका प्रहरी उच्चअधिकारीहरुसँग सोमबार आयोगले थप जानकारी लिएको बताए ।

जानकारी लिने क्रममा आयोगका सदस्य मनोज दुवाडीले कानूनी शासनको प्रत्याभूतिसहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा आयोगको चासो रहेको बताएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले मानव अधिकार हनन् सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षक बसन्त कुँवरसँग समेत थप बुझुनुपर्ने भन्दै अनुसन्धानलाई निरन्तर जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ४ : ५४ बजे

भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार

काठमाडौँ – शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण