पछाडि परेका समुदायलाई शिक्षा र रोजगारी दिइनेछ : प्रधानमन्त्री « Khabarhub

पछाडि परेका समुदायलाई शिक्षा र रोजगारी दिइनेछ : प्रधानमन्त्री


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताएका छन् ।

झापाको गौरादहमा आज आयोजित ताजपुरिया समाज कल्याण परिषद्को २९औँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि पारिएको जनता लक्षित साना–साना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो समाजको कला, संस्कृति र परम्परालाई समसामयिक एवं आधुनिक सोचका साथ निरन्तरता दिन आग्रह गर्दै ताजपुरिया समुदायको मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

ताजपुरिया समुदायको हक, हित र उन्नतिका पक्षमा उठाइएका माग सम्बोधन गर्न सरकार तयार रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूले उठाएको मागउपर आवश्यक सुनुवाइ भई यथाशक्य छिटो सम्बोधन गरिने विश्वास दिलाउँदछु ।’

कार्यक्रममा समाजका अध्यक्ष पूर्णलाल ताजपुरियाले प्रधानमन्त्री ओलीलाई अभिनन्दन गरेका थिए । देशभर २१ हजार हाराहारीमा रहेको ताजपुरिया समुदायका मानिसको पूर्वी नेपालको विशेषगरी  झापा र मोरङ जिल्लामा बसोबास रहेको पाइन्छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ५ : २० बजे

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट– कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई

आज राष्ट्रिय धान दिवस, रोपाइँ गरेर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज

विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकप

देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल