आज २०८१ साल मंसिर २५ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल मंसिर २५ गते मंगलबारको राशिफल


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर २५ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर १० तारिख। मार्गशीर्ष शुक्ल पक्षको दशमी तिथि। मानव अधिकार दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। दैनिकी सहज बन्नेछ। खानपानमा ख्याल नगर्नाले शरीरमा रोग बढ्नेछ। साथीको सहयोग मिल्नेछ। सोचेका काम सहजै बन्नेछन्। एकल लगानी नउठ्ने हुँदा संयुक्त लगानी गर्नु उचित हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

वृष : दिन राम्रो छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पढाइमा जोस र जाँगर बढ्नेछ। परिवारको विश्वास बढी गर्दा धोका हुने जोखिम छ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन : दिन राम्रो छ। धन खर्च भए पनि नाम र मान बढ्नेछ। आफूभन्दा ठुलासँगको भेटले मन खुशी हुनेछ। रोगबाट मुक्त हुने योग छ। आफूले आम्दानी गरेको भन्दा पितृको सम्पत्ति लगानी गरेमा फाइदा हुनेछ।

कर्कट : साना कुराले झन्झट बढ्नेछ। ठुलो तर्क नगर्नु राम्रो हुन्छ। राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ। स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

सिंह : आज उत्तरको लामो यात्रामा नजानु राम्रो हुनेछ। सम्पत्ति आर्जन गर्नेक्रममा आफूभन्दा ठुलासँग तर्क नगर्नु राम्रो हुनेछ। अप्रिय खबरले खानपानमा समस्या हुनसक्छ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ।

कन्या : दिन सामान्य राम्रो छ। संयुक्त लगानीबाट व्यापारमा फाइदा हुनेछ। एकल लगानी नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको प्रयास सफल रहनेछ। काम गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। परिवारमा भने खटपटी बढ्ने जोखिम देखिन्छ।

तुला : परिवारभित्र भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्। परोपकारमा समय खर्च गर्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंमाथि आक्रमण हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु उचित हुन्छ। परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुन्छ।

वृश्चिक : अढैया शनिका कारण पेटसम्बन्धी समस्या बढ्नसक्छ। खानपानमा ख्याल गर्नुपर्नेछ। व्यापारमा भने दाजुभाइको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ। परीक्षाको प्रतिक्षामा भए राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवारसँगको सम्बन्ध सुखमय बन्ने योग छ।

धनु : दिन सामान्य छ। आफन्तबाट अपमानित हुनुपर्नेछ। दैनिक काममा स्वास्थ्यले साथ नदिने जोखिम रहेको छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। पुराना साथीसँगको भेटले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ।

मकर : तपाईंको बोलीको प्रभावले ठुलो काम बन्नेछ। मनका कुरा साथीसँग साट्नु राम्रो हुनेछ। अवसरलाई सदुपयोग गर्न नसक्दा पछुतो हुनेछ। एकल निर्णय गरेर अगाडि बढ्नु राम्रो हुनेछ। साथीको संगतका कारण धन खर्च हुनेछ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यको ख्याल गर्नुपर्नेछ। दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ। परिवार र बन्धुको साथमा काम बन्नेछ। बिहान उठेर पिपलको दर्शन गर्न सकेमा ठुलो दशा टर्नेछ।

मीन : दिन सामान्य राम्रो छ। सुरुवाती साढेसाती दशा भए पनि शुभग्रहको बहुमत छ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। आफूभन्दा ठुला व्यक्तिको सुझाव अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ५ : ३५ बजे

ट्रम्प र इरान : वार्ता र चेतावनी

पेरिस– इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीले अमेरिकाले आक्रमण गरे

इनड्राइभद्वारा यात्रु सुरक्षामा जोड, सुरक्षित यात्राका लागि नयाँ सुझाव सार्वजनिक

काठमाडौं– नेपालका प्रमुख शहरी क्षेत्रहरूमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र गतिमा बढ्दै

कम्बोडिया पठाउने भन्दै लाखौँ रकम ठगी, एक जना पक्राउ

काठमाडौं– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाउने भन्दै

प्राविधिक समस्याका कारण ‘गाजा प्रशासनिक समिति’को प्रवेशमा ढिलाइ

एजेन्सी– प्राविधिक समस्याका कारण रफाह नाका हुँदै गाजाको ‘नवगठित प्रशासनिक

कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व संकटमा

कञ्चनपुर– जलवायु परिवर्तन, बढ्दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका