लिन्डेको अलराउण्ड प्रदर्शनमा पाकिस्तानविरुद्ध दक्षिण अफ्रिकाको रोचक जित | Khabarhub Khabarhub

लिन्डेको अलराउण्ड प्रदर्शनमा पाकिस्तानविरुद्ध दक्षिण अफ्रिकाको रोचक जित


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

सउथ अफ्रिका – जर्ज लिन्डेको अलराउण्ड प्रदर्शनको सहयोगमा दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको पहिलो टी-२० मा ११ रनको जित हात पारेको छ। सिरिजका लागि दक्षिण अफ्रिका भ्रमणमा रहेको पाकिस्तान पहिलो खेलमा पराजित भएको हो।

१८४ रनको लक्ष्य पाएको पाकिस्तान ८ विकेटको क्षतिमा १७२ रनमा सीमित भएको हो। पाकिस्तानका कप्तान मोहम्मद रिजवानले ६२ बलमा ७४ रन जोडे पनि अन्य ब्याट्सम्यानले ठोस योगदान गर्न सकेनन्।

प्रारम्भिक ब्याट्सम्यानको रूपमा आएका रिजवान अन्तिम ओभरको दोस्रो बलमा क्वेजा मापाखाको बलमा आउट भएका थिए। सायीम अयुबले भने १५ बलमा ३१ रन जोडे। उनलाई एन्डी साइमलेनले आउट गरे। मपाखाले बाबर आजमसहित दुई विकेट लिए। उनले चार ओभरमा ३९ रन खर्चिए।

खेलमा नायक भएका लिन्डेले चार ओभरमा २१ रन खर्चेर चारै विकेट हात पारे। यसअघि सातौँ क्रममा ब्याटिङ गरेका उनले २४ बलमा ४८ रन समेत प्रहार गरेका थिए। उनी पारीको अन्तिम बलमा सुफाया मकिमको बलमा छक्का प्रहार गर्ने प्रयासमा आउट भएका थिए। उनले तीन चौका र चार छक्का प्रहार गरे। टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रनको योगफल खडा गरेको हो दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ४० बलमा ८२ रनको योगदान गरे। उनले ४ चौका र ८ छक्का प्रहार गरे। दक्षिण अफ्रिकाले २८ रनमा ३ शीर्ष ब्याट्सम्यानलाई गुमाइसकेको थियो।

पाकिस्तानका सहिन साह अफ्रिदीले चार ओभरमा २२ रन खर्चेर ३ विकेट लिए भने अब्रर अहमदले चार ओभरमा ३७ रन खर्चेर तीन विकेट हात पारे। अब्बास अफ्रिदीले दुई विकेट लिए। मकिमले अन्तिम बलमा विकेट लिए पनि चार ओभरमा ५३ रन खर्चिए। मकिमको अन्तिम ओभरमा नै लिन्डेले तीन छक्का प्रहार गरेका थिए।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ६ : २६ बजे

उपभोक्ता अदालतको निर्णयविरुद्ध आन्दोलित चिकित्सकद्वारा एक घण्टा धर्ना 

काठमाडौं– उपभोक्ता अदालतको निर्णयमा असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा रहेका चिकित्सकहरूले

कफुचे–कोरी पदमार्गको स्तरोन्नति गरिँदै

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कफुचे–कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै

एनपी साउदको चेतावनी : कांग्रेस ०८४ का लागि तयार छैन, गुटबन्दीले संगठन बिग्रिए, पार्टी संकटमा छ

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले ०८४ सालमा हुने भनिएको

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

काठमाडौं– कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको

मुसलमान समुदायले आज मोहर्रम पर्व मनाउँदै

बाँके– मुसलमान समुदायले आज मोहर्रम पर्व मनाउँदै छन् । पर्वको