क्यालिफोर्नियामा भएको डुङ्गा दुर्घटनामा २५ जनाको मृत्यु « Khabarhub

क्यालिफोर्नियामा भएको डुङ्गा दुर्घटनामा २५ जनाको मृत्यु


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लस एन्जल्स– अमेरिकाको क्यालिफोर्निया राज्यमा डुङ्गा दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ ।

लस एन्जल्स शहरबाट १४५ किलोमिटर पश्चिममा रहेको सान्टा क्रुज टापुनजिकै डाइभ बोटमा एक्कासी आगलागी भएको अधिकारीले जनाएका छन् ।

दुर्घटनाका क्रममा हराइरहेका २५ जनाको शव भेटिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा हराइरहेका अन्य ९ जनाको खोजीकार्य जारी छ ।

डुङ्गामा ३९ जना सवार रहेकोमा ५ जनालाई भने सकुशल उद्धार गरिएको छ ।

डुङ्गामा आगलागी के कारण भएको भन्ने स्पष्ट भइसकेको छैन । दुर्घटनाग्रस्त डुङ्गाको भग्नावशेष सान्टा क्रुज टापुको उत्तरतर्फ ६४ फिटको गहिराईमा रहेको बताइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ३ : १६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना