सुदूरपश्‍चिमविरुद्ध सुरुमै धर्मरायो जनकपुर, चार ओभरमै गुमायो ५ विकेट « Khabarhub

सुदूरपश्‍चिमविरुद्ध सुरुमै धर्मरायो जनकपुर, चार ओभरमै गुमायो ५ विकेट


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगताअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ड्सले दुवैजना ओपनरसहित ५ विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य जनकपुरले पछ्याउने क्रममा ४ ओभरमै जनकपुरले ५ विकेट गुमाएको हो ।

जनकपुरले खराब सुरुआत गर्ने क्रममा अनिल साहलाई ७ बलमा शुन्य, आशिफ शेखलाई ५ बलमा ४, लाहिरु मिलान्थालाई ७ बलमा ७ र हर्ष थकरलाई २ बलमा ५ रनको अवस्थामा गुमाएको हो । त्यसैगरी सुवास कंसकार ३ बलमा शून्यकै अवस्थामा क्याच आउट भएका छन् ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले जनकपुरसामु १२४ रनकाे लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रनको योगदान दिए । यस्तै, सेफ जैफले २१, ब्रेन्डन म्याकमुलनले ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

जनकपुरका लागि किशोर महतोले सर्वाधिक चार विकेट लिए । यस्तै, शेर मल्ल र अरनिको मल्लले दुई–दुई तथा हर्ष थाकरले एक–एक विकेट लिए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ११ : ०८ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री