सुदूरपश्चिम र जनकपुरबीच शीर्षताको संघर्ष (तस्बिरहरू) « Khabarhub

एनपीएल क्रिकेट

सुदूरपश्चिम र जनकपुरबीच शीर्षताको संघर्ष (तस्बिरहरू)



काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगताका दुई क्लब सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स शीर्षताको लडाइँमा छन् ।

समूह चरणमा अंक तालिको पहिलो र दोस्रो नम्बरमा रहेका जनकपुर र सुदूरपश्चिमबीच शीर्षताको लडाइँ अहिले त्रिवि क्रिकेट मैदानमा जारी छ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य जनकपुरले पछ्याउने क्रममा जनकपुर दबाबमा परेको छ । उसले ४ ओभरमै ५ विकेट गुमाएको छ ।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ड्सले बिना दोहोरो स्कोर दुवैजना ओपनरसहित ५ विकेट गुमाएको हो ।

अंकतालिकामा कुनै खेल नहारेको जनकपुर ८ अंकसहित शीर्ष स्थानमा छ । उता एक खेल हारेको सुदूरपश्चिम ६ अंकसहित दोस्रोमा छ ।

यदि सुदूरपश्चिमले आजको खेल जिते जनकपुरसँग अंक बराबरी गर्नेछ । १२४ रन पछ्याउने क्रममा जनकपुरले ५ विकेट गुमाएकाले सुदूरपश्चिमले नतिजा आफ्नो पार्न संघर्ष गरिरहेको छ ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ११ : २० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु