बुद्धको अन्तिम सीटमा राखेर रविलाई लगियो पोखरा, निकिता पनि गइन् « Khabarhub

बुद्धको अन्तिम सीटमा राखेर रविलाई लगियो पोखरा, निकिता पनि गइन्


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रवि लामिछानेलाई फेरि पोखरा लगिएको छ ।

पर्साको वीरगञ्जमा दुई दिन लामो बयान सकिएपछि काठमाडौं ल्याइएका उनलाई बुधबार पोखरा लगिएको हो । बुधबार बिहानै पर्साबाट सिमरा हुँदै काठमाडौं ल्याएर उनलाई बुद्धर एयरको अन्तिम सीटमा राखेर पोखरा लगिएको हो ।

रविसँगै पत्नी निकिता पौडेल पनि पोखरा गएकी छन् । रवि हिरासतमा रहेदेखि रास्वापका केही नेता, रविको सचिवालय सदस्य र पत्नी निकिता पनि पोखरामै बस्दै आएकी छन् ।

कात्तिक ३ गतेयता लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीविरुद्ध पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी गरेको भन्दै उजुरी परेको थियो ।

पोखरापछि रविलाई रुपन्देही, चितवन र पर्सामा पनि परेको उनीका आधारमा बयान गराइसकिएको छ । प्रहरीले रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान अघि बढाएको छ ।

सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित सांसद सूर्यबहादुर थापा क्षत्री नेतृत्वको संसदीय समितिको प्रतिवेदनका आधारमा रवि, उनका साझेदार छविलाल जोशी पनि काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  २ : १५ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा