बुद्धको अन्तिम सीटमा राखेर रविलाई लगियो पोखरा, निकिता पनि गइन् « Khabarhub

बुद्धको अन्तिम सीटमा राखेर रविलाई लगियो पोखरा, निकिता पनि गइन्


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रवि लामिछानेलाई फेरि पोखरा लगिएको छ ।

पर्साको वीरगञ्जमा दुई दिन लामो बयान सकिएपछि काठमाडौं ल्याइएका उनलाई बुधबार पोखरा लगिएको हो । बुधबार बिहानै पर्साबाट सिमरा हुँदै काठमाडौं ल्याएर उनलाई बुद्धर एयरको अन्तिम सीटमा राखेर पोखरा लगिएको हो ।

रविसँगै पत्नी निकिता पौडेल पनि पोखरा गएकी छन् । रवि हिरासतमा रहेदेखि रास्वापका केही नेता, रविको सचिवालय सदस्य र पत्नी निकिता पनि पोखरामै बस्दै आएकी छन् ।

कात्तिक ३ गतेयता लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीविरुद्ध पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी गरेको भन्दै उजुरी परेको थियो ।

पोखरापछि रविलाई रुपन्देही, चितवन र पर्सामा पनि परेको उनीका आधारमा बयान गराइसकिएको छ । प्रहरीले रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान अघि बढाएको छ ।

सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित सांसद सूर्यबहादुर थापा क्षत्री नेतृत्वको संसदीय समितिको प्रतिवेदनका आधारमा रवि, उनका साझेदार छविलाल जोशी पनि काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  २ : १५ बजे

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन

अमेरिका पक्षधर देशले हर्मुजमा कठिनाइको सामना गर्नुपर्ने इरानको चेतावनी

तेहरान- इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना

हराएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६५ थान मोटरसाइकल

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

काठमाडौं- मनमोहन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक