म्यान्मारमा पनि मनाइयो तीज « Khabarhub

म्यान्मारमा पनि मनाइयो तीज


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यान्मारमा रहेका नेपालीभाषी महिलाले नाचगान र मन्दिरमा पूजा गरी तीज पर्व मनाएका छन् । यान्गुनस्थित नेपाली दूतावासले तीजका अवसरमा नेपालीभाषी महिलालाई दूतावासमा निम्त्याएर दर खाने कार्यक्रम पनि राखेको थियो ।

कार्यक्रममा चार सयभन्दा बढी नेपालीभाषी म्यान्मार्ली महिलाको सहभागिता थियो । नेपालमा रेकर्ड गरिएका नेपाली गीतबाहेक त्यहाँ रेकर्ड गरिएका नेपाली गीतमा पनि उनीहरुले नाचगान गरेका थिए ।

यस्तै तीजकै अवसर पारेर नेपाली दूतावासमा नेपाली हस्तकलाका सामग्रीसहितको मेला पनि लागेको थियो । मेलामा नेपाली खाना तथा म्यान्मार र नेपालका हस्तकलाका सामग्रीका बीस कक्ष थिए । कार्यक्रमका लागि नेपालबाट हस्तकलाका सामग्री लिएर १६ महिला उद्यमी म्यान्मार‘बर्मा’ पुगेका थिए ।

यान्गुन सरकारका पर्यटनमन्त्री ना पान थिन्जार मिउले मेलाको उद्घाटन गर्दै नेपाली हस्तकलाको प्रशंसा गर्नाका साथै दुवै देशले व्यापार र पर्यटनबाट फाइदा लिन सक्ने बताए ।

कार्यक्रममा म्यान्मारका लागि नेपाली राजदूत भीमकृष्ण उदासले नेपाल र म्यानमारबीचको सुमधुर सम्बन्ध नागरिकस्तरमा पनि विस्तार भइरहेको बताए । उनले सन् २०२० मा नेपालले पर्यटन वर्ष मनाउन लागेकाले बुद्धभूमि नेपाल ‘बर्मेली’ पाहुनालाई स्वागत गर्न आतुर छ भने ।

कार्यक्रममा राजदूत पत्नी रञ्जना उदासले विभिन्न सामाजिक संस्थामा योगदान गर्ने नेपालीभाषी महिलालाई थैली उपहार दिएर सम्मान गरेकी थिइन् । म्यान्मारमा एक लाखभन्दा धेरै नेपालीभाषी छन् । नेपालीभाषीले म्यानमारभर करीब चार सय मन्दिर स्थापना गरेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ४ : ४६ बजे

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी

बैंकको सीईओ एक्लैको तलब सबै कर्मचारीले पाउने तलबको २ देखि ३ प्रतिशतसम्म

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

बैङ्कक– उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई

सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा– साँफे–मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना