छोटी भन्सारहरू छिटो खुलाउन सरकारलाई उपेन्द्रको सुझाव « Khabarhub

छोटी भन्सारहरू छिटो खुलाउन सरकारलाई उपेन्द्रको सुझाव


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कोरोनाका कारण बन्द भएका छोटी भन्सारहरू छिटो खुलाउन सरकारलाई सुझाव दिएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा यादवले निकै राम्रो राजस्व हुने छोटी भन्सारहरू बन्द हुँदा सर्वसाधारणलाई समस्या भएको भन्दै छिटो खुलाउन सरकारलाई सुझाव दिएका हुन् ।

नेपाल–भारतका नाकाहरूबाट सानो मात्रामा सामान ल्याउने नागरिकले दुख पाएको र सेटिङमा सामान भित्र्याउनेहरूलाई सहज भएको उनले बताए ।

नाकाहरूमा राजस्व छली गरेर हुने पकेट भन्सार राम्रोसंग चलेको भन्दै उनले यसमा नियन्त्रण गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

उनले सीमा क्षेत्रमा रहेका नेपाली बजारहरूको कारोबार सुकेको र पारितर्फ भने बजार निकै चल्ने गरेको देखिएकाले यसले मुलुकको अर्थतन्त्रमा समेत असर पर्न सक्ने बताए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ४ : ४२ बजे

अरनिको राजमार्ग स्तरोन्नति : ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्ड पक्की कार्य

मुग्लिन-नारायणगढ सडकखण्डमा सुख्खा पहिरो: रातभर अवरुद्ध सडक खुल्यो

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला नजिकै सुख्खा पहिरो खस्दा

महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिका बैठक आज

पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्दै बागमती प्रदेश सरकार

बागमती– बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।