बहामासमा डोरियन आँधीको वितण्डा, पाँच जनाको मृत्यु | Khabarhub Khabarhub

बहामासमा डोरियन आँधीको वितण्डा, पाँच जनाको मृत्यु


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नसाउ– डोरियन नामक शक्तिशाली आँधीका कारण बहामासमा पाँच जनाको ज्यान गएको छ । २४० किलोमिटर प्रतिघण्टाको गतिमा अमेरिकाको फ्लोरिडा राज्यतर्फ अघि बढिरहेको आँधीले बहामासको उत्तरी भेगस्थित अबाको टापुमा पाँच जनाको ज्यान गएको बहामासका अधिकारीले जनाएका छन् ।

आँधीबाट प्रभावित धेरै मानिसहरुलाई उद्धार गरिएको तथा उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । आँधीले १३ हजारभन्दा धेरै घर भत्केको छ । बहामासका विभिन्न क्षेत्रमा आँधीका कारण भएको भारी वर्षाले सडक, सञ्चार, विद्युत लगायतका पूर्वाधारमा नराम्रो क्षति पुर्‍याएको छ भने वर्षाका कारण जलसतह पाँच मिटरसम्म बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बहामासका प्रधानमन्त्री हुबेर्ट मिनिसले आँधीलाई ‘ऐतिहासिक विपत्ती’ को संज्ञा दिँदै मानिसहरुलाई उद्धार, राहत र खोजीकार्यमा लाग्न आह्वान गरेका छन् ।

आँधी अहिले अमेरिकाको तर्फ बढिरहेको र स्थानीय समयअनुसार मंगलबार दिउँसोबाट फ्लोरिडामा वर्षा गराउने अमेरिकाको राष्ट्रिय आँधी केन्द्रले जनाएको छ । आँधीको बाटोमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ ।

आँधीलाई मध्यनजर गर्दै अधिकारीले फ्लोरिडाका ९ काउन्टीका बासिन्दालाई ‘अनिवार्य रुपमा सुरक्षित स्थानमा जान’ निर्देशन जारी गरिएको छ । आँधीका कारण फ्लोरिडाका बजार पसल बन्द गरिएको छ भने सयौं उडान ठप्प गरिएको छ ।

फ्लोरिडामा भारी वर्षा गराएसँगै आँधी अमेरिकाका जर्जिया र साउथ क्यारोलाइना राज्यतर्फ अघि बढ्ने अमेरिकी आँधी केन्द्रको अनुमान छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ५ : ०० बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी