बहामासमा डोरियन आँधीको वितण्डा, पाँच जनाको मृत्यु « Khabarhub

बहामासमा डोरियन आँधीको वितण्डा, पाँच जनाको मृत्यु


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नसाउ– डोरियन नामक शक्तिशाली आँधीका कारण बहामासमा पाँच जनाको ज्यान गएको छ । २४० किलोमिटर प्रतिघण्टाको गतिमा अमेरिकाको फ्लोरिडा राज्यतर्फ अघि बढिरहेको आँधीले बहामासको उत्तरी भेगस्थित अबाको टापुमा पाँच जनाको ज्यान गएको बहामासका अधिकारीले जनाएका छन् ।

आँधीबाट प्रभावित धेरै मानिसहरुलाई उद्धार गरिएको तथा उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । आँधीले १३ हजारभन्दा धेरै घर भत्केको छ । बहामासका विभिन्न क्षेत्रमा आँधीका कारण भएको भारी वर्षाले सडक, सञ्चार, विद्युत लगायतका पूर्वाधारमा नराम्रो क्षति पुर्‍याएको छ भने वर्षाका कारण जलसतह पाँच मिटरसम्म बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बहामासका प्रधानमन्त्री हुबेर्ट मिनिसले आँधीलाई ‘ऐतिहासिक विपत्ती’ को संज्ञा दिँदै मानिसहरुलाई उद्धार, राहत र खोजीकार्यमा लाग्न आह्वान गरेका छन् ।

आँधी अहिले अमेरिकाको तर्फ बढिरहेको र स्थानीय समयअनुसार मंगलबार दिउँसोबाट फ्लोरिडामा वर्षा गराउने अमेरिकाको राष्ट्रिय आँधी केन्द्रले जनाएको छ । आँधीको बाटोमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ ।

आँधीलाई मध्यनजर गर्दै अधिकारीले फ्लोरिडाका ९ काउन्टीका बासिन्दालाई ‘अनिवार्य रुपमा सुरक्षित स्थानमा जान’ निर्देशन जारी गरिएको छ । आँधीका कारण फ्लोरिडाका बजार पसल बन्द गरिएको छ भने सयौं उडान ठप्प गरिएको छ ।

फ्लोरिडामा भारी वर्षा गराएसँगै आँधी अमेरिकाका जर्जिया र साउथ क्यारोलाइना राज्यतर्फ अघि बढ्ने अमेरिकी आँधी केन्द्रको अनुमान छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ५ : ०० बजे

विश्व श्रमिक दिवसका दिन ओपीडी सञ्चालन गर्न दिएको मन्त्रालयको विज्ञप्तिप्रति हेपोनको आपत्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्व श्रमिक दिवसका दिन जारी

परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

काठमाडौं– नेपाल अहिले पनि विश्वका धेरै मातृ मृत्युदर भएका देशमा

पाँच वर्षदेखि प्रयोगबिहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

तेह्रथुम- तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा– उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका गोठाला भेँडाबाख्रा

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए नाम

काठमाडौं– काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५०