भ्रातृ संगठनको महाधिवेशन गराउन देउवाले बनाए निर्देशन समिति « Khabarhub

भ्रातृ संगठनको महाधिवेशन गराउन देउवाले बनाए निर्देशन समिति


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संगठनहरूको महाधिवेशन गराउनका लागि निर्देशन समिति बनाएका छन् ।

कांग्रेसका भ्रातृ संस्थाहरू नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघको महाधिवेशन २०८१ चैत्र मसान्सम्म अनिवार्य गर्न विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोगका लागि महाधिवेशन केन्द्रीय निर्देशन समिति बनाइएको हो ।

देउवाले नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक पार्टी सह-महामन्त्री जीवन परियारलाई तोकेका छन् । समिति सदस्यहरूमा केन्द्रीय सदस्यद्वय लक्ष्मी परियार र शान्ति परियार विक छन् ।

महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा प्रवक्ता डा. प्रकाशशरण महत छन् । केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र रुक्मिणी कोइराला उक्त सदस्य छन् ।

किसान महासंघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा रमेश रिजाल, सदस्यहरूमा केन्द्रीय सदस्यद्वय राजेन्द्रकुमार केसी र अञ्जनी श्रेष्ठ छन् ।

नेपाल भूतपूर्व सैनिक संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा केन्द्रीय सदस्य एनपी साउद संयोजक तोकिएका छन् । सदस्यहरूमा केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ, महेन्द्रकुमारी लिम्बू छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा मोहनबहादुर बस्नेत, सदस्यमा उमेशजंग रायमाझी र गणेश लामा सदस्य छन् ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा मधु आचार्य, सदस्यमा सरस्वती बजिमयँ र मदनकृष्ण श्रेष्ठ, नेपाल थारू संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा उदयशमशेर राणा, सदस्यमा डा. गोपाल दहित र योगेन्द्र चौधरी छन् ।

त्यस्तै, नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा प्रा.डा. गोविन्दराज पोखरेल, सदस्यहरूमा मुक्ताकुमारी यादव र कान्तिका सैजुवाल छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ७ : ०० बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन