सरकार अर्थतन्त्र चलायमान बनाउन चुक्यो : वर्षमान पुन « Khabarhub

सरकार अर्थतन्त्र चलायमान बनाउन चुक्यो : वर्षमान पुन


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले लगानीकर्तालाई विश्वासमा लिन नसकेका कारण अर्थतन्त्रको शिथिलता अन्त्य हुन नसकेको बताएका छन् । प्रतिनिधिसभाको अर्थसमिति बैठकमा बुधबार उनले सरकार अर्थतन्त्र चलायमान बनाउन चुकेको बताए ।

नियामक निकायका पदाधिकारीहरु वर्तमान सरकारको नेतृत्वमा रहेका दलसँग ट्युनिङ मिल्ने व्यक्तिहरु नै रहेको चर्चा गर्दै उनले त्यसका परिणाम अर्थतन्त्रमा देख्न नपाइएको उल्लेख गरे । ‘नेपाल राष्ट्रबैंक, धितोपत्र बोर्ड र बीमा प्राधिकरणजस्ता नियामक निकायले अर्थतन्त्र चलायमान बनाउन भूमिका निर्वाह गर्छन्’, पुनले प्रश्न गरे, ‘ती निकायको नेतृत्वमा अहिलेको सरकारसँग ट्युनिङ मिल्नेहरु नै छन् । तर, किन रिजल्ट आएन ? आन्तरिक र बाह्य लगानीकर्तामा कन्फिडेन्स किन छैन ?’

उनले बैठकमा सहभागी अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई त्यस विषयमा गम्भीर बन्न आग्रह गरे ।
पुनले आफू अर्थमन्त्री भएका बेला बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको नागरिकताबारे प्रश्न उठेपछि राजीनामा मागे पनि उनले नियामक निकायका नाममा आफ्नो आग्रह अस्वीकार गरेको बताए । नागरिकतामा फरकफरक तीनवटा मिति फेला परेपछि सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि मुद्धा दायर गरेको छ ।

फरक प्रसंगमा पुनले प्राथमिकता निर्धारणका नाममा सरकारले पूर्ववर्ती सरकारले अघि सारेका ठूला विकास आयोजनाका बजेट कटौती गर्ने तयारी गरेको सुन्नमा आएको भन्दै त्यसो नगर्न सचेत गराए । ‘नयाँ प्राथमिकता निर्धारण गर्ने नाममा मैले अघि सारेका ठूला आयोजनाको बजेट कटौती गर्ने तयारी भइरहेको छ भन्ने सुन्नमा आएको छ’, उनले भने, ‘यस्तो तरिकाले खर्चको प्याटन बिगार्छ । बजेटमा राखिएका आयोजनाको कार्यान्वयन गरिनुपर्छ ।’

पुनले निष्पक्ष भएर काम गर्दा मात्र व्यवसायिक र लगानीमैत्री वातावरण बन्ने भन्दै मनोमानी नगर्न सरकारलाई चेतावनी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ८ : ५९ बजे

सिनामंगल अन्नपूर्ण स्कुलमा पुगेर बालेनले गरे मतदान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले

रास्वपा सभापति रवि लामिछानेले गरे मतदान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतदान गरेका

मतदानका लागि अन्नपूर्ण इंग्लिस स्कुल केन्द्रमा पुगे बालेन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले

देशभर बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन