१० औँ ओभरको समाप्तिमा विराटनगरले तीन विकेट गुमायो « Khabarhub

१० औँ ओभरको समाप्तिमा विराटनगरले तीन विकेट गुमायो


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार बिहानको खेलको १० औं ओभरको समाप्तिमा विराटनगरले तीन विकेट गुमाएको छ।

पोखराका सागर ढकालको बलमा विराटनगरका ओपनर न्युजिल्याण्डका मार्टिन गप्टिल पाँच रन बनाएर आउट भए । १४ बलको सामना गरेका गप्टिललाई ढकालले ४ ओभर तीन बलमा आउट गरेका हुन् ।

त्यसैगरी दोस्रो विकेटको रुपमा आक्रामक ब्याट्सम्यान लोकेश बम आउट भएका हुन् । रेमन रेफको बलमा लोकेश क्याच आउट भएका हुन् । १६ बल खेलेका लोकेशले दुई चौका र दुई छक्काको मद्दतमा २६ रन बनाएका थिए ।

तेस्रो विकेटको रुपमा विराटनगरले नरेन भट्टलाई गुमायो । ७.१ ओभरमा दिनेश खरेलको बलमा भट्ट सागर ढकालबाट क्याचआउट भएका हुन् । ११ बलको सामना गरेका उनले ४ रन मात्र जोडेका थिए ।

विराटनगर अहिले तीन विकेटको क्षतिमा ६१ रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ९ : ४७ बजे

उपल्लो मुस्ताङमा देखिए जंगली गधा

मुस्ताङ– नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा

फिल्मबाट राजनीतिमा होमिएका विजयको चमत्कार, पहिलो निर्वाचनमै तामिलनाडुमा बहुमततिर टीभीके

नयाँदिल्ली- दक्षिण भारतीय सुपरस्टार जोसेफ विजय चन्द्रशेखरले राजनीतिमा पनि चमत्कारिक

सुदूरपश्चिमलाई हराउँदै बागमतीलाई राष्ट्रिय बेसबलको उपाधि

काठमाडौँ – बागमती प्रदेशले दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि

पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता

कोलकाता- नेपालको पूर्वी सीमासँग जोडिएको भारतको पश्चिम बंगाल राज्यका २९३

पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर)

पोखरा – काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू