म्यानचेस्टर सिटीको खराब यात्रा जारी | Khabarhub Khabarhub

म्यानचेस्टर सिटीको खराब यात्रा जारी


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिप क्लब म्यानचेस्टर सिटीको र खराब सिजन अझै कायम छ । युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्ट्सँग सिटी २-० ले पराजित भयो।

युभेन्ट्सका डुसान भ्लाहोभिक र वेस्टन म्याककेनीले गोल गरे। सो हारपछि सिटीको शीर्ष ८ मा रहँदै सिधै दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना सकिएको छ। नवौँ देखि २४ औं स्थानमा रहँदै प्लेअफको सम्भावनामा समेत शङ्का उत्पन्न भएको छ।

दुई खेल बाँकी रहँदा सिटी ८ अङ्कसहित २२ औं स्थानमा छ। सबै प्रतियोगितामा गरी पछिल्ला १० खेलमा १ जित हात पारेको सिटीले यस बिचमा नौ हारको सामना गरेको छ। सिटीले च्याम्पियन्स लिगका बाँकी खेलमा पेरिस सेन्ट जर्मन र ब्रुगसँग खेल्ने छ। सिटीको युभेन्ट्ससँगको खेल पनि अन्डर पार नै थियो।

युरोपेली च्याम्पियन्स लिगको बुधवार नै भएको खेलमा एट्लेटिको म्याड्रिडले स्लोभान ब्राटिस्लाभलाई ३-१ ले हरायो। सो खेलमा विजयी टोलीका लागि एन्टेनियो ग्रिजम्यानले दुई गोल गरे। अर्को गोल जुलियन अल्भाराजले गरे।

एसी मिलानले पनि रेड स्टार बेलग्रेडलाई २१ ले हरायो। एसी मिलानलाई जित दिलाउने क्रममा राफेल लियो र टेडी अब्राहमले गोल गरे। बेनफिका र बोलाग्ना बिचको खेलमा गोलरहित बराबरी भयो। यसैगरी, फियुनार्डले स्पर्टा प्रागलाई ४-२ ले हरायो। स्टुगार्टले यङ ब्वाइजलाई ५-१ ले हरायो।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १० : ०१ बजे

अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको निन्दा

एजेन्सी – अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगले इस्लामिक स्टेट (आइएस) समूहले

जनकपुरविरुद्ध काठमाडौंको फितलो ब्याटिङ, १०२ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बिहीबारको जनकपुर बोल्ट्सविरुद्धको खेलमा

घट्दैछ अनुदान, सकारौँ बीआरआईको ऋण

अर्थतन्त्रको कुरा गर्दा राजनीति जोडिएर आउँछ । हाम्रोमा राजनीतिक दर्शन

जनकपुरविरुद्ध सुरुमै लड्खडायो काठमाडौं, लगालग गुमायो चार विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बिहीबारको जनकपुर बोल्ट्सविरुद्धको खेलमा

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयास आवश्यक : प्रचण्ड

नारायणगढ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर