लगालग विकेट जाँदा दबाबमा पोखरा, कुशललाई आउट गर्दै विराटनगरको कमब्याक « Khabarhub

लगालग विकेट जाँदा दबाबमा पोखरा, कुशललाई आउट गर्दै विराटनगरको कमब्याक


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत विराटनगर किङ्ग्सले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले ५ विकेट गुमाइसकेको छ ।

जवाफी ब्याटिङका क्रममा १३ ओभर खेल्दै ८८ रन बनाउँदा पोखराले दुई ओपनर, कप्तान कुशल भुर्तेलसहित ५ ब्याटरलाई गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।

ताजा अवस्थामा पोखराका ओपनर दिनेश खरेल ११ बलमा ११ रन बनाएको अवस्थामा क्याच आउट भए ।

त्यसैगरी अर्का ओ‌पनर एन्ड्रिज गौस २७ बलमा ३९ रन बनाएर पवेलियन फर्किए । उनले २ चौका र एक छक्का हाने ।

अर्कातिर जेन मल्लिक सस्तैमा आउट भए । उनी ९ बलमा ४ रन बनाएको अवस्थामा प्रतिश जिसीबाटछ बोल्ड हुन पुगे ।

पोखराका लागि अहिले क्रिजमा कप्तान कुशल भुर्तेल र रेमन रेइफर छन् । यसअघिका तीन खेलमा फ्लप भएका कुशलले विराटनगरविरुद्ध ३३ बलमा ३१ रन बनाएका छन् । उनले २ चौका र एक छक्का हानेका छन् ।

तर उनी पनि ३१ रनमै क्याच आउट भएपछि पोखरा दबाबमा परेको छ । त्यसैगरी तीर्थराज दास १ बलमै आउट भए । उनी खाता खोल्दै बाहिरिएपछि पोखरा दबाबमा परेको छ । अहिले पोखराले १५ ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनाएको छ ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ११ : ५१ बजे

इङ्ग्ल्यान्डको बराबरीमा टिभी केबलले भूमिका खेलेको भन्दै नर्वेका प्रशिक्षक रूष्ट

ओस्लो- नर्वेका मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले इङ्ग्ल्यान्डविरुद्ध भएको विश्वकप क्वार्टरफाइनलमा

कलाकार दीपाश्रीलाई ब्रेन ट्युमर : नेपालमै गरियो शल्यक्रिया

काठमाडौं- कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ। उनका साथीसमेत

गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले दिए एक लाख सहयोग, दिए छोरीलाई पढाउने आश्वासन

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै

पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह

इस्लामावाद- पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई

३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालय सञ्चालकहरूको माग (संयुक्त विज्ञप्तिसहित) 

काठमाडौं– निजी विद्यालय सञ्चालकहरूका विभिन्न संस्थाहरूले सरकारले लगाउँदै आएको ३