ढोरपाटन सिकार आरक्ष पुग्ने सडक स्तरोन्नति हुँदै | Khabarhub Khabarhub

ढोरपाटन सिकार आरक्ष पुग्ने सडक स्तरोन्नति हुँदै


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको तमानखोला गाउँपालिकाको बोङ्गादोभानबाट ढोरपाटन सिकार आरक्ष पुग्ने सडकको स्तरोन्नति प्रारम्भ भएको छ ।

दश किलोमिटर लामो यो सडकको स्तरोन्नतिका लागि तमानखोला गाउँपालिकाले एक करोड ४५ लाख ५८ हजार विनियोजन गरी काम थालेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए ।

ढोरपाटनसम्मको यात्रालाई सहज बनाउन थालिएको स्तरोन्नतिका क्रममा सडक चौडा गर्ने, पानीको निकासका निम्ति नाली र बोङ्खानीखोलामा कल्भर्ट निर्माण गरिने छ । यो बाटो २०७५ सालमा खुलेको हो ।

तमानखोला–२ का चुलेन्द्र विकले अहिलेको साँघुरो सडक अब फराक भएपछि सबै प्रयोगकर्ताको आवागमन सहज हुने बताए । तमानखोला बाग्लुङको विकट गाउँपालिका हो । यहाँका धेरै स्थानलाई सडक सञ्जालबाट जोड्न बाँकी छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १२ : १७ बजे

यी हुन् तौल घटाउने तीन सूत्र

पछिल्लो समय सुगर, प्रेसर, दम लगायत नसर्ने तथा दीर्घ रोगीहरूको

कम्युनिष्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता : नेता खनाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले

कांग्रेस बैठकमा मुख्यमन्त्री पाण्डेले भने- फागुन २१ मै चुनाव हुने संकेत छ, हामीले ‘हुँदैन’ भन्नु ठिक होइन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र

पीसीएल नर्सिङ लाइसेन्स परीक्षाको नतिजा कमजोर, जम्मा १७ प्रतिशत उत्तीर्ण 

काठमाडौं– प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङको लाइसेन्स परीक्षाको नतिजा एकदमै