परराष्ट्रमन्त्रीसँग युरोपियन युनियनका उच्च अधिकारीको भेट | Khabarhub Khabarhub

परराष्ट्रमन्त्रीसँग युरोपियन युनियनका उच्च अधिकारीको भेट


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गरेका छन् ।

बेल्जियमको ब्रसेल्समा आज भएको सो भेटका अवसरमा नेपाल–यूरोपियन यूनियन सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्‍याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारिताका बारेमा कुराकानी भएको थियो ।

नेपाल र युरोपियन युनियनले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्ष मनाइरहेको बारेमा उनीहरुबीच कुराकानी भएको थियो । नेपाल र युरोपियन युनियनबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

नेपाल सदैव प्रजातन्त्र, कानुनी शासन र मानवअधिकारका पक्षमा रहेको जानकारी गराउँदै मन्त्री डा. राणाले यस क्षेत्रमा युरोपियन युनियनले नेपाललाई प्रदान गर्दै आएको सहयोगको सराहना गरिन्।

युरोपियन युनियन नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रहेको स्मरण गर्दै मन्त्री डा. राणाले नेपालको आर्थिक सामाजिक क्षेत्रमा युनियनले पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरेकी थिइन्।

त्यस अवसरमा परराष्ट्रमन्त्री  राणाले नेपालका तर्फबाट आफूले केही दिनमात्र अघि हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र जलवायु न्यायका बारेमा कुरा उठाएको जानकारी पनि उनलाई गराएकी थिइन् ।

मन्त्री डा. राणाले कमिसनर ओपकेलाई नेपालमा परेको जलवायु परिवर्तनको असर तथा पछिल्ला वर्षहरुमा यसबाट नेपालले व्यहोर्नुपरिरहेको अकल्पनीय क्षतिबारे जानकारी गराउँदै नेपालले पाउनुपर्ने जलवायु न्यायका पक्षमा युरोपियन युनियनसँग सहयोगको अपिल पनि गरिन् ।

त्यसैगरी मन्त्री डा राणाले युरोपेली आकासमा नेपाली वायुसेवालाई लगाइएको प्रतिबन्ध ९सेफ्टी लिस्ट० सम्बन्धी प्रावधान हटाउने विषयमा पहल गर्न पनि कमिसनर ओपकेलाई आग्रह गरिन् ।

यसका कारण नेपालबाट सीधा उडान हुन नसक्दा नेपाली नागरिकलाई युरोप आवतजावतमा समस्या पर्न गएकोप्रति उनले युरोपियन युनियनको ध्यानाकर्षण गराएकी थिइन्।

 

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ५ : ३८ बजे

आपसी सहकार्यलाई थप मजबुत बनाउन भारत र इजिप्ट सहमत

काठमाडौं – आपसी सहकार्यलाई थप मजबुत बनाउन भारत र इजिप्ट

अदालतमा रविले भने : पहिल्यै लेखिएको ‘स्कृप्ट’मा छायांकन भइरहेको छ

काठमाडौं – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका

परराष्ट्रमन्त्री डा देउवासँग युरोपियन युनियनका उच्च अधिकारीको भेट

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर

शिख धर्म ग्रन्थको अपमान गर्ने पाकिस्तानीलाई अस्ट्रेलियाद्वारा देश निकाला

काठमाडौं – शिख धर्मको पवित्र ग्रन्थको अपमान गरेको भन्दै अस्ट्रेलियाले

समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारका