एक वर्षमा ८९६ अंकले बढ्यो नेप्से, पुँजीकरणमा १५ प्रतिशतले वृद्धि « Khabarhub

एक वर्षमा ८९६ अंकले बढ्यो नेप्से, पुँजीकरणमा १५ प्रतिशतले वृद्धि


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक वर्षको अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८९६ अंकले वृद्धि भएको छ ।

२०८० कात्तिक मसान्तमा १८५२.०९ अंक रहेको नेप्से पछिल्लो १ वर्षमा वृद्धि भएर गएको कात्तिक मसान्तसम्म २७४८.७९ अंकमा पुगेको थियो । यद्यपि पछिल्लो दिनका कारोबारमा केही गिरावट आएर आज बिहीबारको कारोबार सम्म आइपुग्दा नेप्से २६८२.२९ अंकमा सीमित भएको छ ।

नेप्से सुचकांकमा भएको वृद्धि भएसँगै एक वर्षका अवधिमा नेप्सेको शेयर पुँजीकरणमा पनि ठूलो मात्रामा वृद्धि भएको छ । अघिल्लो वर्षको कात्तिक मसान्तमा २८५३ अर्ब १ करोड रहेको नेप्सेको शेयर पुँजीकरण चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म आइपुग्दा ४३७६ अर्ब ९० करोड पुगेको हो ।

एक वर्षको अवधिमा नेप्सेको शेयर पुँजीकरणमा १५ खर्ब २३ अर्ब ८ करोडले वृद्धि भएको देखिएको छ । यद्यपि आज बिहीबारसम्म भने नेप्सेको शेयर पुँजीकरण ४४ खर्ब ४९ अर्ब ११ करोड रहेको छ ।

समीक्षा अवधिमा नेप्सेमा सूचीकृत कम्पनीहरूको सङ्ख्या ३ वटा थपिएको छ । ०८० कात्तिक मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीको सङ्ख्या २६४ वटा रहेकोमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म यस्तो सङ्ख्या २६७ वटा पुगेको हो ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३ अर्ब ९१ करोड बराबरको हकप्रद शेयर, ३ अर्ब ६७ करोड बराबरको बोनस शेयर, ४७ लाख बराबरको एफपीओ गरी ७ अर्ब ५८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

समीक्षा अवधिमा नेपाल धितो पत्र बोर्डले ५ अर्ब ८९ करोड बराबरको हकप्रद शेयर, १ अर्ब ९० करोड बराबरको म्युचुअल फन्ड सार्वजनिक निष्कासनका लागि अनुमति दिएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ६ : ०२ बजे

उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – उपरथीमा विशेष बढुवा हुनुभएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति

एमालेमा विधान महाधिवेशनमा पारित विधानकै आधारमा नयाँ नेतृत्व चयन गरिने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा गत

एमाले महाधिवेशन हलमा पेस हुनेछ ईश्वर पोखरेलको प्रस्तावना

काठमाडौँ– नेकपा एमालेको ११ औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ। यो

चोरीको रु १० लाख २३ हजारसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले चोरीको नगद रु १० लाख २३ हजार

एमालेको विधान संशोधन प्रस्ताव रोकियो, १०८ जना प्रतिनिधि भने मनोनयन

काठमाडौँ– नेकपा एमालेले विधान संशोधनको प्रक्रिया तत्काललाई रोक्ने निर्णय गरेको