परराष्ट्रमन्त्री डा देउवासँग युरोपियन युनियनका उच्च अधिकारीको भेट « Khabarhub

परराष्ट्रमन्त्री डा देउवासँग युरोपियन युनियनका उच्च अधिकारीको भेट


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गरेकी छन् ।

बेल्जियमको ब्रसेल्समा बिहीबार भएको सो भेटका अवसरमा नेपाल इयु सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारिताका बारेमा कुराकानी भएको थियो ।

नेपाल र युरोपियन युनियनले यस बर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्ष मनाइरहेको बारेमा उनीहरुबीच कुराकानी भएको थियो । नेपाल र युरोपियन युनियनबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

नेपाल सदैव प्रजातन्त्र, कानुनी शासन र मानवअधिकारका पक्षमा रहेको जानकारी गराउँदै मन्त्री डा देउवाले यस क्षेत्रमा युरोपियन युनियनले नेपाललाई प्रदान गर्दै आएको सहयोगको सराहना गरिन्। युरोपियन युनियन नेपालको एक महत्वपूर्ण विकास साझेदार रहेको स्मरण गर्दै मन्त्री डा देउवाले नेपालको आर्थिक सामाजिक क्षेत्रमा युनियनले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरिन् ।

त्यस अवसरमा परराष्ट्रमन्त्री डा देउवाले नेपालका तर्फबाट आफूले केही दिनमात्र अघि हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे)मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र जलवायु न्यायका बारेमा कुरा उठाएको जानकारी पनि उनलाई जानकारी गराएकी थिइन् ।

मन्त्री डा देउवाले कमिसनर ओपकेलाई नेपालमा परेको जलवायु परिवर्तनको असर तथा पछिल्ला बर्षहरुमा यसबाट नेपालले व्यहोर्नुपरिरहेको अकल्पनीय क्षतिबारे जानकारी गराउँदै नेपालले पाउनुपर्ने जलवायु न्यायका पक्षमा युरोपियन युनियनसँग सहयोगको अपिल पनि गरेकी थिइन् ।

त्यसैगरी मन्त्री डा देउवाले युरोपेली आकासमा नेपाली वायु सेवालाई लगाइएको प्रतिबन्ध (सेफ्टी लिस्ट) सम्बन्धी प्रावधान हटाउने विषयमा पहल गर्न पनि कमिसनर ओपकेलाई आग्रह गरेकी थिइन्। यसका कारण नेपालबाट सीधा उडान हुन नसक्दा नेपाली नागरिकलाई युरोप आवातजावतमा समस्या पर्न गएकोप्रति उनले युरोपियन युनियनको ध्यानाकर्षण गराएकी थिइन् ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १० : ०७ बजे

महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक भोलि बस्ने, समानुपातिक सूचीलाई अन्तिम रुप दिइने

काठमाडौं- नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय

गगन थापा र सुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : झगडा गरेर कहिलेसम्म टिक्ने ?

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य तथा पूर्वमन्त्री सुदन

बालुवाटारमा प्रधानमन्त्री कार्की र तीन दलका नेताबीच छलफल जारी (तस्बिरहरु)

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच

जेन-जी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा– जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने