११ औं ओभरको समाप्तिमा कर्णालीले चार विकेट गुमायो | Khabarhub Khabarhub

११ औं ओभरको समाप्तिमा कर्णालीले चार विकेट गुमायो


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार बिहान जारी लुम्बिनी लायन्ससँगको खेलको ११ औं ओभरको समाप्तिमा कर्णालीले चार विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कर्णालीले ११ औं ओभरको समाप्तिमा ५१ रन बनाएर चार विकेट गुमाएको हो ।

२२ बलको सामना गरेका कर्णालीका बाबर हयात एक चौका र एक छक्काको मद्दतमा २० रन बनाउँदा आउट भए । दोस्रो विकेटको रुपमा देव खनाललाई तीन रनमा गुमाएको कर्णालीले तेस्रो विकेटको रुपमा गुल्सन झालाई ८ रनमै गुमाएको हो । कर्णालीले चौथो विकेटका रुपमा चाडविक वाल्टनलाई १३ रनमै गुमाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेल र साद बिन जफरले एकएक विकेट हात पार्दा तिलक भण्डारीले दुई विकेट लिए ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले अन्तिम खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीसँग प्रतिस्पर्धा गर्दैछ।

प्लेअफ दौडमै रहेको कर्णालीका लागि आजको खेल जित्नैपर्ने दबाब छ भने लुम्बिनी अन्तिम खेलमा सान्त्वना जित निकाल्न चाहन्छ। एनपील तालिकामा कर्णाली ६ अंकसहित चौथो स्थानमा छ। समान अंक भएको चितवन रनरेटको आधारमा तेस्रो स्थानमा छ।

प्रतियोगितामा एक मात्र हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा हुँदा सुदूरपश्चिम आठ अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ९ : ५१ बजे

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले