भक्तपुर महोत्सव सुरु « Khabarhub

भक्तपुर महोत्सव सुरु


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा पाँचदिने भक्तपुर महोत्सव सुरु भएको छ । नगरपालिकाले २६ वर्षअघि यस्तै महोत्सवका गरेको थियो ।

भक्तपुरका कला, संस्कृति, सम्पदा र मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशीलाई जानकारी गराउँदै यो पुरानो सहरलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न महोत्सव सहयोगी हुने विश्वास नगरप्रमुख सुनिल प्रजापतिले व्यक्त गरे।

महोत्सवमा यहाँको ऐतिहासिक कला, संस्कृति, धार्मिक परम्परा झल्कने नृत्य, हस्तकला, घरेलु उद्योग, सीप, कला, खाद्य सामग्री, (बाँसुरी वादन प्रतियोगिता, भजन, नौबाजा, परम्परागत र आधुनिक सांस्कृतिक नाच), प्रदर्शनी ९ पौभा, तस्बिर, चित्रकला, छ्वालीकला प्रस्तुत गरिने छ ।

यसैगरी परम्परागत पोशाक, वाद्यवादन यन्त्र, जीवित कुमारी, दिपङ्कर बुद्ध, मृत्तिका कला प्रदर्शनी, बौद्ध प्रकाशन, कृषि उत्पादन, खाना महोत्सवलगायत गतिविधि  हुनेछन् । भक्तपुर नगरलाई महोत्सवमय बनाउन नगरका ३२ स्थानमा प्रदर्शनी पनि हुनेछ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १० : ४५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब