सामुदायिक वनभित्र कृत्रिम पोखरी निर्माण « Khabarhub

सामुदायिक वनभित्र कृत्रिम पोखरी निर्माण


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – वन्यजन्तुलाई पानी पिउनका लागि शुक्लाफाँटा नगरपालिका–२का सामुदायिक वनभित्र तीन वटा कृत्रिम पोखरी निर्माण गरिएका छन् ।

सुनदेवी उपभोक्ता समितिले तराई भू- परिधि कार्यक्रम (ताल)को तीन लाख सहयोगमा वातावरण मध्यवर्ती सामुदायिक वनमा दुई र नागेश्वर मध्यवर्ती सामुदायिक वनभित्र एक गरी तीन वटा कृत्रिम पोखरी निर्माण गरेका हुन्।

पोखरीमा बाह्रै महिना पानीको व्यवस्था मिलाउन ‘बोरिङ’ जडान गरिएका छन्। निर्माण गरिएका तीन वटै पोखरी ८० हजार लिटर क्षमताका छन् । निर्माण गरिएका पोखरीबाट वन्जयजन्तुलाई सुख्खा याममा पानी पिउन सहज भएको वन उपभोक्ता भरतबहादुर विष्टले बताए।

पानीको व्यवस्था गरेपछि विगतमा झैँ पानीको खोजी गर्दै बस्तीसम्म जंगली जनावर आउने क्रम रोकिएको विष्टको भनाइ  छ ।

पोखरी निर्माणले सामुदायिक वनभित्र जंगली जनावरको आवतजावत बढेको नागेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जयबहादुर ऐरले बताए।
‘सुख्खा याममा सामुदायिक वनभित्र पिउने पानी व्यवस्था नहुँदा विगतमा थोरै मात्रै जनावर देखा पर्ने गरेका थिए’, उनले भने।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १२ : १९ बजे

भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार

काठमाडौँ – शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण