शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाऔँ : स्वास्थ्यमन्त्री « Khabarhub

शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाऔँ : स्वास्थ्यमन्त्री


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाउनुपर्नेमा जोड दिएका छन् । ब्रिजवाटर कलेजद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा शब्द आफैँमा गुणस्तरीय भएको बताए ।

शिक्षा क्षेत्रमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान भएको उल्लेख गर्दै मन्त्री पौडेलले गुणस्तरीय नभनीकनै शिक्षा शब्दले राम्रो शिक्षा भनेको भन्ने बुझिने गरी गुणस्तरको सुनिश्चितता गरिनुपर्ने बताएका हुन् ।

राष्ट्रिय स्रोतलाई सुनिश्चित बनाउने गरी सबै क्षेत्रले काम गर्नुपर्ने भनाइ पनि उनको थियो ।

हुनेबाट लिएर नहुनेलाई राज्यले सहयोग गरी अभिभावकत्व ग्रहण गरेर सहयोग गर्नुपर्नेमा मन्त्री पौडेलको भनाइ थियो । कार्यक्रममा मन्त्री पौडेलले पत्रकार दिलभूषण पाठकलाई सम्मान गरेका थिए  ।

पाठक खोतल्न सक्ने र लोभ नभएको पत्रकारिता क्षेत्रको व्यक्तित्व भएकाले पछ्याउनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा आर्थिक क्षेत्रका विशिष्ट व्यक्तित्व गोविन्द खनाललाई पनि मन्त्री पौडेलले सम्मान गरेका थिए  ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १ : ५९ बजे

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट