काठमाडौं–जनता समाजवादी पार्टी जसपा नेपालको कार्यकारिणी समिति बैठक जारी छ ।
पार्टी कार्यालय बालकुमारीमा बैठक जारी गरेको पार्टी प्रवक्ता मनिस सुमनको भनाइ छ । आजको बैठक शनिबारसम्म चल्ने छ ।
आजको बैठकमा उपनिर्वाचनको समीक्षा गर्ने एजेन्डा छ । मंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा जसपाले २ वटा वडा जितेको छ ।
यसका साथै ‘जनतासँग जसपा नेपाल, संगठन बिस्तार अभियान’ को समीक्षा पनि गर्नका लागि दुई दिनको बैठक बोलाइएको हो ।
प्रतिक्रिया