नेपाली नारीहरुले मनाए ऋषिपञ्चमी | Khabarhub Khabarhub

नेपाली नारीहरुले मनाए ऋषिपञ्चमी


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी मंगलबार नेपाली नारीहरुले सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् ।

महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका छन् । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भनिन्छ ।

रजस्वला भएका बेलामा अरूलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका किटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाइ भएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहिआएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लागेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ७ : २६ बजे

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क

युक्रेनको स्वतन्त्रता दिवसमा सहभागी हुन क्यानडाका प्रधानमन्त्री किएभमा

किएभ– क्यानडाका प्रधानमन्त्री मार्क कार्नी आइतबार युक्रेनको स्वतन्त्रता दिवस मनाउन

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल-२०२५ आयोजना गरिने

काठमाडौं– नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौं उपत्यकाका