हेन्ड्रिक्सको शतकमा दक्षिण अफ्रिकाको जित « Khabarhub

हेन्ड्रिक्सको शतकमा दक्षिण अफ्रिकाको जित


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रेजा हेन्ड्रिक्सको शतकको सहयोगमा दक्षिण अफ्रिकाले पाकिस्तानसँगको टी-२० मा सात विकेटको जित हात पारेको छ। २०७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले तीन बल बाँकी रहँदा तीन विकेटको क्षतिमा २१० रनको योगफल खडा गरेको हो।

पहिलो टी–२० अन्तर्राष्ट्रिय शतक प्रहार गरेका हेन्ड्रिक्सले ६३ बलमा ११७ रनको योगदान गरे। उनले ७ चौका र १० छक्का प्रहार गरे। रुबेन भास डुसेन अविजित रहँदै ३८ बलमा ६६ रन जोडे। उनले ३ चौका र ५ छक्का प्रहार गरे। पाकिस्तानका जहनदाद खानले १० ओभरमा ४० रन खर्चेर २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा २०६ रनको योगफल खडा गरेको हो। पाकिस्तानका सायुम अयुबले अविजित रहँदै ५७ बलमा ९८ रन जोडे। उनले ११ चौका र ५ छक्का प्रहार गरे। यरफान खानले १६ बलमा ३० रनको योगदान गरे।

दक्षिण अफ्रिकाका डायम गालमले डेब्यु खेलमै शानदार बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। उनको बलमा सुरुवातमै ३ रनमा रहेको अवस्थामा दक्षिण अफ्रिकाले अयुबको सहज म्याच छाडेको थियो।

 

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ८ : ०५ बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा