सुन्दर यातायातले २३ गतेबाट विद्युतीय बस चलाउँदै, चार्जिङ स्टेसन आजदेखि सञ्चालनमा | Khabarhub Khabarhub

सुन्दर यातायातले २३ गतेबाट विद्युतीय बस चलाउँदै, चार्जिङ स्टेसन आजदेखि सञ्चालनमा


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुन्दर यातायात प्रालिले मुलुकमै पहिलोपटक ठूला विद्युतीय सार्वजनिक सवारीसाधनको चार्जिङ स्टेसन तथा वर्कसप सञ्चालनमा ल्याएको छ ।

मंगलबार एक कार्यक्रमकाबीच चाबहिलस्थित भत्केको पुलमा रहेको चार्जिङ स्टेसन र वर्कसपको उर्जा तथा सिंचााई सचिव दिनेशकुमार घिमिरेले उद्घाटन गरे ।

चार्जिङ स्टेसन र वर्कसपसँगै सुन्दर यातायातले पार्किङ क्षेत्र पनि सञ्चालनमा ल्याएको छ । ठूला विद्युतीय सार्वजनिक सवारी सञ्चालनका लागि चार्जिङ स्टेसन स्थापना गरेको सुन्दर यातायातका चारवटा विद्युतीय बसले आगामी सोमबारबाट सेवा सञ्चालन गर्ने भएका छन् ।

सुन्दर यातायातका यी बसहरु काठमाडौंका सडकमा गुडेसँगै मुलुककै पहिलो निजी क्षेत्रबाट सञ्चालित ठूलाे सवारीसाधनको सार्वजनिक विद्युतीय यातायात बन्ने छ ।

आगामी २३ गते काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय बस प्रर्दशनी गरिने र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको कम्पनीले जनाएको छ ।

उद्घाटनसँगै नेपालमै पहिलो पटक सुन्दर यातायातका विद्युतीय बसले काठमाडौंमा सेवा प्रदान गर्ने छ । कम्पनीले तीन महिनाअघिदेखि विद्युतीय बस सञ्चालनमा ल्याउने भनेपनि चार्जिङ स्टेसन नहुँदा बस गुड्न नसकेको कम्पनीका सञ्चालक भेषबहादुर थापाले बताए ।

‘हामीले सुकेधारा र सीतापाइलामा चार्जिङ स्टेसन राख्न सरकारलाई आग्रह गरेका थियौं’ उनले भने ‘अहिलेसम्म त्यहाँ केही हुन सकेको छैन’ ।

उनका अनुसार तत्कालका लागि बसहरु सुन्दर यातायातकै ग्यारेजमा चार्ज गरी सडकमा गुड्ने छन् । त्यस्तै कार्यक्रममा बोल्दै ऊर्जा तथा सिचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले विद्युतीय बसलाई प्रवद्र्धन गर्न सकेमा निकट भविष्यमै राम्रो हुने बताए ।

‘विद्युतीय सवारी साधन बढ्दै गएमा पेट्रोलबाट चल्ने अन्य बसहरु विस्तारै हट्दै जान्छन्’ कार्यक्रममा बोल्दै उनले भने, ‘यसले प्रदुषण हट्दै जान्छ र विद्युतीय गाडीहरु बढ्दै जानेछन् ।’

सरकारले पनि ३ सयवटा बिजुली बस सञ्चालनमा ल्याउने घोषणा गरिसकेको बताउँदै सचिव घिमिरेले यसमा निजी क्षेत्रहरु पनि सरकारको लक्ष्यलाई मध्यनजर गर्दै अघि बढेको छ भने ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ८ : ०३ बजे

‘सुडानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक’

एजेन्सी– सुडानको आधा भन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता रहको

महासङ्घ ‘ट्रबलसुटर’ को भूमिकामा : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी

हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नति गरिँदै

गलकोट–  ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत पर्ने बागलुङको हरिचौर-मल्म-पाण्डवखानी

आन्दोलनरत दललाई वार्तामा आउन नवनियुक्त मुख्यमन्त्रीको आग्रह

जनकपुरधाम– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री  सरोजकुमार यादवले आफूविरुद्ध आन्दोलनमा

इराकमा आदिवासीबीच झडप, आठ जनाको मृत्यु

एजेन्सी– मध्य इराकमा कृषि जग्गाको विवादलाई लिएर भएको आदिवासी झडपमा