जसपा नेपालले सङ्गठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने « Khabarhub

जसपा नेपालले सङ्गठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज सम्पन्न कार्यकारिणी समिति बैठकले सङ्गठन विस्तार अभियान प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई माघ मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो । बैठक शुक्रबार सुरु भएको थियो ।

बैठकले स्थानीय तह उपनिर्वाचनमा मधेश प्रदेशसहित जसपा नेपालले देशैभरिबाट प्राप्त गरेको मत परिणाम सन्तोषजनक रहे पनि पर्याप्त नरहेकाले सङ्गठन निर्माण एवं विस्तार अभियानलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

यस्तै, बैठकले पूर्वपश्चिम राजमार्ग केन्द्रीत सङ्गठनात्मक गतिविधि सञ्चालन र सङ्गठन निर्माणका लागि विशेष साङ्गठनिय कार्ययोजना तयार गर्ने निर्णयसमेत गरेको उनले बताए ।

महाधिवेशनपछि थप भएका क्रियाशील सदस्यता विवरण केन्द्रीय कार्यालयले आगामी फाल्गुन १५ गतेभित्र आद्यावधि गर्ने, पार्टीको स्थानीय तह र प्रदेश अधिवेशन चैत्र महिनाभित्र सम्पन्न गर्ने र आगामी वैशाख २५ गतेभित्र सम्पूर्ण प्रदेश तथा राष्ट्रिय समितिहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता सुमनले बताए। तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्न नसक्ने भ्रातृ सङ्गठन स्वतः विघटन हुनेसमेत निर्णय गरिएको जसपाले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ८ : ०४ बजे

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त