सिरियामा आइएस समूहद्वारा ६ कृषकको हत्या « Khabarhub

सिरियामा आइएस समूहद्वारा ६ कृषकको हत्या


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

बेरुत – चरमपन्थी आक्रमणका लागि कुख्यात सिरियाली मरुभूमि क्षेत्रमा इस्लामिक स्टेट समूहका लडाकूहरूले शनिबार छ जना कृषकको हत्या गरेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ ।

“इस्लामिक स्टेट समूहका लडाकुहरूले शनिबार बिहान पाल्मायरा शहरको दक्षिणमा छ जना गोठालाको हत्या गरेका छन् ।,” बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था ९सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स० ले जनाएको छ ।

जिहादीहरूले ‘गोठालालाई मारेका र उनीहरूका चौपाया चोरेका’ बेलायतस्थित उक्त संस्थाले जनाएको छ । आइएसले सन् २०१४ मा सिरिया र इराकको ठूलो भूभागमा कब्जा गरी उक्त क्षेत्रलाई स्लामिक राज्य (खलिफा) घोषणा गरेको थियो ।

समूहले सन् २०१९ मा सिरियामा आफ्नो अन्तिम भूभाग गुमाएको थियो, तर यसका अवशेषहरूले अझै पनि घातक आक्रमणहरू गरिरहेका छन् । उनीहरूको प्रभाव विशेष गरी दमास्कसको बाहिरी इलाकाबाट इराकी सीमासम्म फैलिएको छ ।

हालैका वर्षहरूमा उसका अधिकांश आक्रमणहरू कुर्द नेतृत्वका लडाकुहरू वा राष्ट्रपति बशर अल असदको अपदस्थ सरकारका वफादारहरूलाई लक्षित गरी गरिएका छन् । इस्लामिक विद्रोही समूह हयात तहरीर अल–शाम र उसका सहयोगीहरू आइतबार दमास्कसमा प्रवेश गरेपछि असद सिरियाबाट पलायन भएका थिए ।

असदलाई सत्ताच्युत गरेयता सिरियाली मरुभूमिमा आइएसले छवटा आक्रमण गरेको अब्जरभेटरीले जनाएको छ । उनीहरूले १८ जना सर्वसाधारण र ५० भन्दा बढी असद सैनिकको हत्या गरेका थिए । क्षेत्रीय भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टर्कीएका अधिकारीहरूलाई असदको पतनपछि सिरियामा आइएसको पुनरुत्थानविरुद्ध काम गर्नु ‘अपरिहार्य’ भएको बताएका थिए ।

बिहीबार एर्दोगानले ब्लिन्केनसँग टर्कीएले सिरियामा आइएसविरुद्धको लडाइँमा कहिल्यै पनि सहज नहुने आश्वासन दिनुभएको थियो । यद्यपि अमेरिका समर्थित कुर्द लडाकुहरूविरुद्ध टर्कीले चरमपन्थीहरूलाई नियन्त्रण गर्न महत्वपूर्ण मानिएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  १० : ०५ बजे

हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न सङ्घलाई आग्रह

काठमाडौं– पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न

लमजुङको भुजुङ : मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

काठमाडौं– हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा

तेलको मूल्य बढ्दा विश्व शेयर बजारमा गिरावट

एजेन्सी- तेलको मूल्य लगातार बढ्न थालेपछि विश्वभरका शेयर बजारमा शुक्रबार उल्लेख्य

धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु

घोडाघोडी– धनगढीमा ‘सुदूरपश्चिम कचहरी, २०८३’ सुरु भएको छ । सुदूरपश्चिम

विश्वकप क्रिकेट लिग-२ : अमेरिकाले नेपाललाई दियो १९६ रनको लक्ष्य

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा अमेरिकाले नेपालसामू