काठमाडौंको प्लेअफ लडाइँ : अन्तिम खेलमा आज विराटनगरसँग भिड्दै « Khabarhub

काठमाडौंको प्लेअफ लडाइँ : अन्तिम खेलमा आज विराटनगरसँग भिड्दै


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा काठमाडौं गुर्खाज प्लेअफको अन्तिम लडाइँ विराटनगर किंग्ससँग लड्दैछ। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।

विराटनगर प्लेअफ दौडबाट बाहिरिसकेको छ भने काठमाडौंको आजको जित र अन्य खेलको नतिजाले सम्भावना जीवितै छ। शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको हो।

६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको काठमाडौंका लागि आजको खेल प्लेअफ दौडका लागि विशेष बन्नसक्छ। ६ खेल खेलेको काठमाडौंले तीन जित निकाल्दा समान तीन हार भोगेको छ। विराटनगर भने अन्तिम खेलमा जितसहित प्रतियोगिताबाट बिदा हुन चाहन्छ। चार अंक जोडेको विराटनगरले ६ खेल खेल्दा दुई जित र चार हार ब्यहोरेको छ।

प्रतियोगितामा दुई हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा छ। सुदूरपश्चिम, चितवन र कर्णालीको समान आठ अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम दोस्रो स्थानमा छ। चितवन तेस्रो स्थानमा हुँदा कर्णाली चौथो स्थानमा छ।

एनपीएल अन्तर्गत आइतबार दिउँसो भने पोखरा र सुदूरपश्चिम भिड्दैछन्। यो खेल देउँसो १ बजे सुरु हुनेछ। प्लेअफ दौडबाट बाहिरिएको पोखराको अन्तिम खेल हो भने सुदूरपश्चिमले अर्को खेल कर्णालीसँग खेल्न बाँकी नै छ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ६ : ४८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित