म्याग्दीमा लाटोकोसेरो संरक्षण अभियान | Khabarhub Khabarhub

म्याग्दीमा लाटोकोसेरो संरक्षण अभियान


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीमा लाटोकोसेरो संरक्षण अभियान सुरु भएको छ । ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले वयट्ली फन्ड फर नेचर (डब्लुएफएन) अवार्डको सहयोगमा यहाँका विद्यालय र समुदायस्तरमा उक्त अभियान सुरु गरेको हो ।

संस्थाका लाटोकोसेरो संरक्षणदूत आयुष ढुङ्गानाका अनुसार अङ्ग्रेजीमा ‘आउल’ भनिने यो पक्षी किसानको साथी हुँदाहुँदै पनि हेपिएको पक्षी मानिन्छ ।

आकारमा सानो र ठूलो हुने यस पक्षीको सानो प्रजातिलाई लाटोकोसेरो र ठूलोलाई हुचिल भनिन्छ । दिउँसो यिनको हेर्ने क्षमता कमजोर हुन्छ । ठूलाठूला आँखा हुने यो प्रजातिको तीनवटा परेला हुन्छन् । यो चराको बासस्थान तराईदेखि हिमालसम्म पाइन्छ ।

अभियानअन्तर्गत विभिन्न विद्यालय र समुदायस्तरमा जनचेतना शिविर आयोजना गर्न लागिएको उनको भनाइ छ ।

अर्का अभियन्ता तथा लाटोकोसेरो संरक्षण दूत सुदर्शन पराजुलीले लाटोकोसेरोको संरक्षण गर्न जङ्गलका पुराना र बूढा रुख जोगाउनुपर्ने, गुलेली प्रतिबन्धित क्षेत्र घोषणा गर्नुपर्ने बताए । पराजुलीले संसारभर दुई सय ५० प्रजातिका लाटोकोसेराको अभिलेख गरिएको र नेपालमा २३ प्रजाति भेटिएको बताए ।

एउटा लाटोकोसेरोले फूल पारेर बच्चा हुर्काउने बेलासम्म तीन हजार मुसा खाने भएकाले यिनलाई किसानको साथी भनिने उनले जानकारी दिए । प्रकृतिलाई सन्तुलित राख्न लाटोकोसेरोको उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ ।

पछिल्लो समय चोरीसिकारीका कारण यसको सङ्ख्या दिनप्रतिदिन घट्दै गएको छ । लाटोकोसेरो संरक्षणका लागि वार्षिक लाटोकोसेरो तथा हुचिल उत्सवसमेत हुँदै आएको छ । लाटोकोसेरोलाई धनकी देवी लक्ष्मीको बाहनका रूपमा पनि लिइन्छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ३५ बजे

पद्मश्री साहित्य पुरस्कारका लागि १५ पुस्तकको विस्तृत सूची सार्वजनिक

काठमाडौं– नेपाली साहित्य क्षेत्रको प्रतिष्ठित ‘पद्मश्री साहित्य पुरस्कार– २०८१’ का

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान १०

एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध रौनकले पनि बनाए अर्धशतक, ३० ओभरमा बन्यो २६८ रन

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट

प्रधानमन्त्रीबाट राष्ट्रिय धान दिवसको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र कृषिलाई आधुनिक र प्रविधिको

पाखाबारीमा केराखेती, वार्षिक १५ लाखसम्म आम्दानी

म्याग्दी- बेनी नगरपालिका–९ घतान काउलेगौँडाका ४० वर्षीय युवा प्रकाश खत्री