विराटनगरविरुद्ध काठमाडौंको रोमाञ्चक जित « Khabarhub

एनपीएल क्रिकेट

विराटनगरविरुद्ध काठमाडौंको रोमाञ्चक जित


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले रोमाञ्चक जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर किंग्सलाई १ विकेटले हराउँदै काठमाडौंले प्लेअफको सम्भावनालाई जिवितै राखेको छ ।

विराटनगरले दिएको ११८ रनको लक्ष्य काठमाडौंले १८ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा गर्‍याे ।

काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रनको योगदान दिए । यस्तै, शंकर राना १६, राशिद खानले १४, जेहार्ड एरास्मसे १२, दिपेश कँडेल ११ तथा माइकल लेभिटले १० रन जोडे ।

विराटनगरका लागि सन्दीप लामिछानेले तीन तथा अनिल खरेल, क्रिस सोल र बसिर अहमदले दुई–दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा १ बल छँदा १ सय १७ रन बनाएको थियो ।

विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रनको योगदान दिए । यस्तै, दिपक बोहोराले २०, स्कट एडवार्डस १५, बसिर अहमदे १३ तथा निकोलस किर्तन ले १२ रन बनाए ।

काठमाडौंका लागि जेहार्ड एरास्मसले तीन, दिपेश कँडेलले दुई तथा डान डाउथवेट, करण केसी र शाहब आलमले एक–एक विकेट लिए ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १२ : ३० बजे

भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग

पोखरामा जग्गाको कित्ताकाट खुल्यो

गण्डकी – पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको

काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्‍यो चार गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१

भोटेकोशी बाढीः १३ सय ९५ शव फेला : पाँच हजार अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको