भारतीय सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पस भवन हस्तान्तरण « Khabarhub

भारतीय सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पस भवन हस्तान्तरण


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारको आर्थिक सहयोग निर्माण गरिएको काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत दुई करोड ९२ लाख लागतमा निर्मित उक्त भवनको जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी तथा भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले क्याम्पस व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीसमेत उपस्थित थिए ।

भारत सरकारको अनुदान सहयोग दुई तले छात्रावास भवन र अन्य सहयोगी संरचनासँगै दुई तल्ले कक्षाकोठा भवन निर्माणमा उपयोग गरिएको थियो ।
परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइएको हो भने जिल्ला समन्वय समिति, काठमाडौँमार्फत कार्यान्वयन गरिएको हो ।

कार्यक्रममा उपस्थित अतिथिहरुले नेपाली जनताको उत्थानमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए ।

नवनिर्मित संरचनाले सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसका विद्यार्थीहरूलाई व्यावसायिक शैक्षिक दक्षता प्रदान गर्न सहयोगी हुने भारतीय दूतावासले जनाएको छ ।

यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै यस क्षेत्रमा शिक्षाको समग्र विकासमा योगदान पुर्‍याउने पनि दूतावासले उल्लेख गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तलिम परिषद् (सीटीइभीटी) बाट सम्बन्धन प्राप्त सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पस सन् २००० मा स्थापना भएको हो ।

क्याम्पसले तीन वर्षे प्रोफिसियन्सी सर्टिफिकेट लेभल कोर्स (पिसिएल) अध्यापन गराउँदै आएको छ, यसले अब प्रत्येक वर्ष एक सय २० तालिमप्राप्त नर्स उत्पादन गर्नेछ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  २ : ०१ बजे

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ